भारतीय जडीबुटी व्यवसायीले गरे बाढीपिडित परिवारलाई १ लाख ६० हजार रुपैयाँ सहयोग
Wednesday, September 9th, 2026, 9:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, भदौं २४ गते
भारतीय जडीबुटी व्यवसायीले रसुवाको बाढीपिडित भएका परिवारलाई भारतीय १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भारत लखिमपुर गोला गोर्कननाथ निवासी सिंगल इन्डष्ट्रिजका मधुर अग्रवाल, अमित अग्रवालले आफनो बुबा श्रीकेशवराम अग्रवालको नाममा सहयोग गर्नु भएको छ ।
सहयोग गरेको रकम बाँके कोहलपुरका विरेन्द्र जोशी र सत्या जोशीको परिवारलाई १ लाख र ६० हजार रुपैयाँ उनीहरुको बालबच्चाको शिक्षाको लागि आर्थिक सहयोग गरिएको जडीबुटी तथा सुन व्यवसायी सकिल अहमद जसगढले बताउनु भयो ।
भारतीय व्यवसायीले सहयोग गरेको रकम बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको रोहबरमा पिडित परिवारलाई भेरी अस्पताल नेपालगन्ज अस्पताल विकास समितिका पुर्व अध्यक्ष समेत रहनु भएका सकिल अहमद जसगढले हस्तान्त्रण गर्नु भएको थियो ।
यसैगरी बाँकेका अग्रज व्यवसायी एवम् वरिष्ठ समाजसेवी सकिल अहमद जसगढल यसै साता श्री नेपाल ज्वैलर्सको तर्फबाट २ लाख ११ हजार रुपैयाँ नेपाल सरकारको बनाएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नु भएको थियो ।
सुर्खेत रोड, धम्बोझीमा रहेको श्री नेपाल ज्वेलर्सका सञ्चालक जसगढले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका पीडित परिवारका लागि राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउनुभएको थियो ।