तरुण दलको अध्यक्षमा विसी
Saturday, August 7th, 2021, 3:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ साउन
खजुरा गाउँपालिका वडा नम्बर ४ स्तरीय नेपाल तरुण दलको अध्यक्षमा सन्तोष विसी चयन भएका छन् । शनिबार खजुरामा आयोजित तरुण भेलाले विसीसहित २२ जना कमिटिलाई सर्वसम्मतबाट चयन गरेका हो ।
सन्तोष विसीको अध्यक्षमा चयन भएका कमिटिको उपाध्यक्षमा चन्द्रदेव गिरी, सचिवमा मनोजसिंह, कोषाध्यक्षमा दिलमाया विक चयन भएका छन् । साथै सदस्यहरुमा नारायण न्यौपाने, सुमन विसी, अमर खत्री, मिना विक, निमा क्षेत्री, सन्तोषसिंह ठकुरी, नरेश थापा, अमर खत्री, भरत मल्ल, कृष्ण वली, मनिसा रसाइली, सुमन विसी, विष्णु सुनार चयन भएका हुन् ।
त्यस्तै तरुण दल खजुरा गाउँपालिका वरिष्ठ उपाध्यक्ष उत्सव सिजाली मगरको अध्यक्षता मा समपन्न गरिएको उक्त भेलामा विभिन्न पाटीसँग आवद्ध व्यक्तिहरु तरुण दलमा प्रवेश गरेका छन् । उपाध्यक्ष मगरका अनुसार विभिन्न पाटीसँग आवद्ध ५५ जनाले दलमा प्रवेश गरेका हुन् ।
प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि संविधान सभा सदस्य आशा बिक, अतिथि नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, महासमिति सदस्य विनोद थारु, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर बिक रसाइली, नेपाल आदिवासी जनजाती संघका क्षेत्रीय सभापति रमेशकुमार सिजाली, नेपाल तरुण दलका क्षेत्रीय सभापति गिरिराजमणि अधिकारी, नेपाल तरुण दल बाँकेका सचिब बिनोद रिजाललगायतले फूलमालासहित स्वागत गरेका छन् ।
कार्यक्रममा अतिथिहरुले नयाँ आउने युवाहरुलाई सधैव पाटी, समाज र जनताको हितमा रहेका काम गर्न सुझाएका थिए । नेपाली कांग्रेसले सधैव युवाहरुलाई सहि मार्गदर्शन गर्ने अतिथिहरुले बताएका छन् ।