इपिएलमा श्रीलंकाका कप्तान दिनेश चान्डिमलले भैरहवाबाट खेल्ने
Thursday, August 12th, 2021, 6:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २८ साउन
एभरेस्ट प्रिमियर लिग (इपिएल)को लागि भैरहवा ग्ल्याडीयटर्सले आन्तरिक तयारी सुरु गरिसकेको छ । कोरोना संक्रमणका कारण यस अघि प्रतियोगिता सर्न पुग्दा हामीले प्रशिक्षक नियुक्ति, ट्यालेन्टहन्ट लगायत विभिन्न कार्यक्रम पूरा गरिसकेका थियौं ।
कोरोनाका कारण प्रतियोगिता केहिपछि सरे पनि हामीले प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदुदसानायके लाई नै जिम्मेवारीमा निरन्तरता दिएकाछौं । इपिएल असोज ९देखि २३ सम्म टियु मैदानमा हुँदैछ ।
हामीले यसपटक पहिलो विदेशी खेलाडीका रुपमा श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दिनेश चान्डिमललाई अनुबन्ध गरेका छौं। चान्डिमल श्रीलंकाको टि२०आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन ।
सन २०१३मा चान्डिमलले बंगलादेश विरुद्ध २३वर्ष १सय३३दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टि२०आईमा नेतृत्व गर्ने सबै भन्दा कम उमेरका खेलाडी बनेका थिए ।
२०१४को टि२०विश्व कप उपाधि श्रीलंकाले जित्दा चान्डिमल पनि उक्त टोलीका सदस्य थिए। श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। चान्डिमल ओडिआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन । उनले २०१३ मा दक्षिण अफ्रिका विरुद्ध ओडिआईमा कप्तानी गरेका थिए ।
चान्डिमलले श्रीलंकाबाट ६२टेस्ट, १सय४९ओडिआई र ५७ टि२०आई खेल खेलेकाछन।
टि२०आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८सय६८रन जोडेका छन। चान्डिमलले राजस्थान रोयल्सबाट आइपिएल खेलिसकेका छन। ३१वर्षिय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन। चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२०तीनै शैलीमा कप्तानी गरेका छन। भैरहवाको टोलीमा शरदभेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्णकार्की, भुवन कार्की
, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहरा, कुशलमल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन ।