चर्चामा विष्णु माझीको‘चरी जेलैमा’
Thursday, August 26th, 2021, 5:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौ
चर्चित लोक गायिका विष्णु माझीको तीज गीत अहिले चर्चाको शिखरमा रहेको । सामाजिक संजालमा उनको व्यक्तिगत जीवनको चर्चासँगै माझीको तीज गीत ‘चरी जेलैमा’ ले पनि सर्वाधिक चर्चा कमाएको छ ।
विष्णु माझीको स्वरमा सजिएको उक्त गीतलाई एक हप्तामा ५० लाख बढीले हेरिसकेका छन् भने ११ हजार भन्दा बढीले प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म । ५२ लाख ५८ हजार एक सय ६९ जनाले उक्त गीतलाई हेरिसकेका छन् । साथै ११ हजार पाँच सयजनालो प्रतिक्रियापनि दिएका छन् ।
भिडिओमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् । प्रतिक्रियामा गायिका माझीको आवाज सुनेमात्र तिज आएजस्तो लाग्ने, मन छुने गाना, एकदमै मार्मिक गीत लाग्यो, बल्ल तीज आयो जस्तो लाग्या, यो वर्षको उत्कृष तीज गीत, ९० प्रतिशत नेपाली नारीको वेदनालाई समेटेको छ, निकै राम्रो शब्दलगायतका प्रतिक्रिया रहेका छन् । कतिले त यस गीत विष्णु माझीकै कथाको भएको प्रतिक्रिया पनि दिएका छन् ।
उक्त गीतले तिजको मौलिकतालाई झल्काएको र विवाहित चेलीको वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरेको पाइन्छ । विष्णु माझीका पति सुन्दरमणि अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।
सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । साथै, शिव बिकको कोरियोग्राफीमा सुन्दरमणिले नै भिडियोको निर्माण एवम् निर्देशन गरेका हुन् । भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन् भने भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।