एनआरएन अमेरीकाको अध्यक्षमा घिमिरेको उम्मेद्वारी घोषणा
Wednesday, February 8th, 2017, 9:56 am
amit
टेक्सास- गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन नजिकिदै गर्दा अध्यक्षका आकांक्षीहरु पनि बढ्दै गएका छन् ।
मंगलवार न्युयोर्क निवासी मन मोहन सिंह घिमिरेले पनि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । घिमिरेले प्रवासी नेपालीको हितमा काम गर्ने उद्घोष सहित सामाजिक संजाल मार्फत अध्यक्षका लागी आफु सक्षम रहेको दावी गर्दै आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसका युवा नेता तथा बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहंदै आएका घिमिरे सन २००८ देखी अमेरीकामा हुनुहुन्छ । भाषानुवादको कार्यसमेत गर्दै आउनुभएका घिमिरेले सबैको साथ सल्लाह र आर्शिवाद सहित आफुले एनआरएन अमेरीकाको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको हिमालपाटी डट कमलाई बताउनुभयो ।
यस अघि टेक्सासका व्यवसायी तथा समाजसेवी गौरीराज जोशी, एनआरएन अमेरीकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्ष रवीना थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यता बिभिन्न च्याप्टर सभापतीहरुको भेलाले तेम्वा शेर्पालाई अध्यक्षमा अघि बढाउने निर्णय गरिसकेको छ यस्तै बर्तमान अध्यक्ष डा. केशव पौडेल पनि कार्यकाल दोहोर्याउने मनस्थितीमा रहेको बताइएको छ ।