‘प्रभु पे’ चितवन टाइगर्सको प्रमुख प्रायोजक
Wednesday, September 1st, 2021, 7:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, भाद्र १६
‘प्रभु पे’ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । इपिएल असोज ९ गतेदेखि सुरु हुँदैछ ।
चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स वालेटको रुपमा रहेको छ । यो विभिन्न सामान खरिद भुक्तानी गर्दा उपयोगी हुदैं आएको छ ।
इपीएलका लागि चितवन टाइगर्सको टोली अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत इपिएलका लागि चितवन टाइगर्सका पाँचौँ विदेशी खेलाडी हुनेछन् । २३ वर्षीय जन्नतको टि–२० मा राम्रो स्किल रहेको छ र उनी मध्यपंक्तीका उपयोगी व्याट्सम्यान पनि हुन्। सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया) चितवन टाइगर्सको प्रशिक्षण टोली दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई चितवन टाइगर्सको टिम व्यवस्थापक र सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ ।
४० वर्षीय सिंह आइसीसी लेभल २ प्रशिक्षक हुन्। टाइगर्सको मुख्य प्रशिक्षकमा सामसन जंग थापा तथा टिम मेन्टर र सहायक प्रशिक्षकमा पुरनेन्दु घोष रहेका छन् । डा.प्रकाश पौडेल टिम डाक्टर र डा.सौगात श्रेष्ठ टाइगर्सको फिजियो हुन्। प्रमुख प्रशिक्षकः सामसन जंग थापा टिम व्यवस्थापक र सहायक प्रशिक्षकः पुरु सिंह टिम मेन्टर र सहायक प्रशिक्षकः पुरनेन्दु घोष टिम डाक्टरः डा.प्रकाश पौडेल फिजियोथेरापिस्टः डा.सौगात श्रेष्ठ टिम व्यवस्थापनः टिम प्रमुखः किशोर भट्टराई अप्रेशन डाइरेक्टरः विनिता चौधरी भट्टराई असिसटेन्ट मिडिया डाइरेक्टरः राजन शाह पीआर एण्ड मार्केटिङः अशुतोष घिरैया आइडीएस सिल्क स्पोर्टस्ः चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टका कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रा.लि.को सुरुवातका लागि संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।