लोकमानलाई महाअभियोग लगाउन संसदले खुट्टा कमायो
Wednesday, February 8th, 2017, 2:46 pm
amit
माघ २६, काठमाण्डौ ।
संसदको महाअभियोग सिफारिस समितिले अख्तियारको प्रमुख आयुक्तमा अयोग्य घोषित भएका लोकमानसिंह कार्की विरुद्ध महाअभियोग लगाउन नपर्ने निष्कर्ष निकालेको छ ।
कार्कीलाई महाअभियोग लगाउन मिल्नेरनमिल्ने विषयमा अध्ययन गर्न गठित उप–समितिले समितिमा आज बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका व्यक्तिलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालिएको हो । उप–समिति संयोजक रामनारायण बिडारीले पदमा भएको व्यक्तिलाई मात्र महाअभियोग लाग्ने भएकाले पदमुक्त भएको व्यक्तिलाई नलाग्ने व्यहोरा सहितको प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।
कार्की बहाल रहेको बेला दिएको आदेश, लिएका निर्णय र गरेका पत्राचारलाई आधार बनाउादा उनीमाथि लगाइएको महाअभियोग पुष्टि भएपनि पदमुक्त भईसकेकाले अब अघि बढनु नपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । कार्कीले पदमा रहादा गरेका गैरकानुनी काम विरुद्ध भने प्रचलित कानुन अनुसार कारवाही गर्न पाउने प्रतिवेदनमा उल्लेख छ ।
अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको लगायत विषय समेटी एक सय ५७ जना सांसदले कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छलफल चलिरहादा सर्वोच्च अदालतले कार्की अख्तियारको प्रमुख आयुक्त बन्न अयोग्य रहेको फैसला सुनाएको थियो ।