नेपाल एसियाको स्वीट्जरल्याण्ड : सदगुरु
Sunday, September 5th, 2021, 5:08 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २० भाद्र
प्रख्यात योगगुरु सदगुरुले नेपालको हिमाली क्षेत्रलाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् । काठमाडौं, नेपालगन्ज, हुम्लाको लिमी भ्याली हुँदै कैलाश मानसरोवर यात्रामा निस्केका सद्गुरु सोही मार्गबाटै फिर्ता भएका छन् । नेपाली भूमि हुँदै मानसरोवर पुगेर फर्केका सद्गुरुले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लिमी उपत्यकाको प्रशंसा गरे । नेपाल पर्यटन बोर्डले राखेको एक अनौपचारिक कार्यक्रममा भाग लिएका उनले भने, ॅसिमकोटबाट लिली भ्याली स्वीटजरल्याण्ड अफ एसिया हुन्छ । त्यहाँको संस्कृतिक प्राकृतिक सौन्दर्य संरक्षण हुनुपर्छ । सबै राष्ट्रलाई औद्योगिक राष्ट्र हुनु पर्दैन । ७० प्रतिशत नेपालको अर्थतन्त्र नेपालमा छ । त्यसो भए नेपालको विकास हुन्छ,’ उनले भने ।
सदगुरुले नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग नै यही रहेको बताउँदै भने, ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन,’ उनले भने, ‘त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’
ंउनले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्न सुझाव दिए । योजनाबद्ध विकासविना दिगो विकास सम्भव नभएको भन्दै उनले नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान समेत पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।
उक्त अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड बीच सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने उनको भनाइ छ । उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको समेत बताए । खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हान गरेका छन् ।