एसियन कप छनोटको प्रारम्भिक टोलीमा ५ नयाँ अनुहार
Thursday, February 9th, 2017, 2:22 pm
amit
माघ २७, काठमाण्डौ ।
नयाँ अनुहारमा ५ खेलाडीलाई समावेश गर्दै नेपालले एएफसी एसियन कपको छनोटका लागि ३६ जनाको प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यातुकी कोजीले एएफसी सोलिडारिटी कप जितेको २३ खेलाडीलाई समावेश गर्दै थप १३ खेलाडीलाई प्रारम्भिक टोलीमा राखेका छन ।
राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा पहिलो पटक युवराज खड्का, रवि पासवान, विश्व अधिकारी, विमल पाण्डे र विमल बस्नेतले स्थान बनाएका छन । गोलकिपर एलेन न्युपाने र हेमन्त थापा मगर यस अघिनै प्रारम्भिक चरणमा परेपनि राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत छन ।
टोलीमा गोलकिपरतर्फ विशाल श्रेष्ठ, किरण चेम्जोङ र विकेश कुथु छन । यस्तै डिफेन्समा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, देबेन्द्र तामाङ, जितेन्द्र कार्की, मानबहादुर तामाङ, दिनेश राजवंशी र रोहित चन्द छन । यस्तै फरवार्डमा विमल घर्तिमगर, रन्जन विष्ट, अनिल गुरुङ, नवयुग श्रेष्ठ, भरत खवास र कर्ण लिम्बु छन । मिडफिल्डमा विशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल र शुनिल वल छन ।
टोलीको प्रशिक्षण आगामी आईतबारबाट सूरु हुने भएपनि मनाङ मस्र्याङदीमा आबद्ध भएका खेलाडी बंगलादेशमा हुने सेख कमल अन्तर्राष्ट्रिक कपपछि मात्र समावेश हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एसियन कपको छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससंग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगको खेल आगामी मार्चमा २८ मा फिलिपिन्सको घरेलु मैदानमा हुनेछ ।