कार्यशाला गोष्ठी सम्पन्न
Monday, September 20th, 2021, 8:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्ती सोनारी, ४ असोज
राप्ती सोनारी गाउँपालिका–२, मदुइमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा सात दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शिक्षण सिकाइलाई परियोजना र सिकाइलाई क्रियाकलापमा आधारित बनाउने गरी उक्त कार्यशाला सम्पन्न भएको हो ।
उक्त कार्यशालामा अर्जुन भट्ट र क्षेत्रप्रसाद ज्ञवालीले प्रशिक्षण दिएका थिए भने विद्यालयका २५ जना शिक्षक शिक्षिकाको सहभागिता थियो । सम्पन्न कार्यशाला उपलब्धिमूलक भएको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले जानकारी दिए ।
‘शिक्षण सिकाइलाई आधुनिक तरिकाले कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा राम्रो सिकाइ भयो,’ उनले भने, ‘शिक्षण सिकाइलाई गुणस्तरीय र परियोजनामूलक बनाउने कार्यशालाले महŒवपूणर् भूमिका निर्वाह ग¥यो ।
अहिले शिक्षण सिकाइ प्रविधिमैत्री भएपछि दुर्गममा शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । पुरानै तरिकाबाट पठनपाठन भन्दा सिकाइमा गुणस्तरीयत बनाउन आधुनिकतामा लिन यो कार्यशाला सिकाइमुखी भएको कार्यशालामा सहभागी शिक्षक शिक्षिकाहरुको भनाइ छ । कशैक्षिक प्रयोग निर्माण गर्ने कार्यशालाको उद्देश्य भएको विद्यालयले जनाएको छ ।