सहज यात्रा लागि नेपालगन्जमा खुल्यो बागेश्वरी राप्ती यातायात
Friday, October 1st, 2021, 8:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
नेपालगन्जस्थित वीपी चोकबाट भारतका विभिन्न स्थानमा जानका लागि बस संचालनमा ल्याइएको छ । बागेश्वरी राप्ती यातायात प्रालिले हप्ताको एकपटक संचालन गर्नेगरी बस संचालनमा ल्याएको हो । प्रालिका अनुसार आवश्यकताअनुसार हप्तामा एकपटक भन्दा बढी पनि बस संचालन गरिने छ ।
प्रालिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रालिको बारेमा जानकारी दिएको छ । प्रालिका उपाध्यक्ष संमिर जंग शाहका अनुसार भारतमा मजदुर गर्न जाने नेपालीका लागि सुरक्षित र सुविधासम्पन्न बस संचालनमा ल्याइएको हो ।
हाल प्रालिले नेपालगन्जदेखि मुब्बई, दिल्ली, गोवा, इन्दोरलगायतका स्थानका लागि बस संचालनमा ल्याएको छ । यसका अलवा नेपालका सबै स्थानमा पनि बस संचालन गरिने शाहले बताए ।
उनले भने, ‘नेपालगन्जमा अरुपनि धेरै भारतका लागि बस संचालनमा छन् । तर व्यवस्थापन कमजोर भएका कारण भारत जाने नेपाली मजदुरले दुःख पाउने ठगिने जस्ता काम बेला–बेलामा भई रहेका छन् । त्यस्ता समस्यालाई समाधान गर्दै सहज सेवा दिन हामीले प्रालि सुरु गरेका हौं ।’
प्रालिका इन्चार्ज कमल रोकाय प्रालिका माध्यामबाट सुलभ र व्यवस्थित रुपमा यात्रीलाई गन्तब्यसम्म पु¥याउने लक्ष्य रहेको बताउँछन् । उनले प्रालिको प्रहिलो प्राथमिकता यात्रीले सहज र सस्तो मूल्यमा यात्रा गर्न पाउनु रहेको बताए ।
यसका साथै प्रालिका सदस्यहरुले यसअघिका दिनमा भारतमा अलपत्र परेका नेपालीलाई गन्तब्यसम्म पु¥याउने काम गर्दै आइ रहेका थिए । प्रालिको माध्यामबाट पनि उक्त कामलाई निरन्तरता दिने प्रालिले जनाएको छ ।