कोभिडविरुद्ध तीनदिने कार्यशाला सम्पन्न
Monday, October 25th, 2021, 6:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ कात्तिक
सेफ द चिल्र्डेन र सामाजिक विकास मञ्चको साझेदारीमा तीनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार नेपालगन्जमा सम्पन्न उक्त कार्यक्रममा कोभिड–१९ विरुद्ध खोप तथा सचेतनाका विषयमा सरोकारवालासँग समन्वय बैठक गरिएको हो ।
सामाजिक विकास मञ्च परियोजना संयोजक शिवानी भट्टराईका अनुसार तीनदिने बैठकमा गत शनिबार र आइबार बाल तथा युवा क्लब संजालसँग जोखिम सञ्चार र सामुदायिक सहभागिता सम्बन्धि कार्यशाला गोष्ठी गरिएको थियो । उक्त गोष्ठीमा नेपालगन्जका युवा क्लब, बाल क्लबलगायतका २० जनाको उपस्थिति रह्यो । जसमा कोभिड–१९ विरुद्ध खोप तथा मास्क प्रयोग कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
कार्यशालाका अन्तिम दिन गत मंगलबार कोभिड–१९ विरुद्धको खोप अभियानमा सरोकारवालाहरुबीच समन्वय बैठक संचालन भएको मञ्चका अध्यक्ष चम्पसिंह थापामगरले बताए । मगरले कार्यक्रममा बनाइएका योजनालाई कसरी समुदायमा पु¥याउन सकिन्छ भन्ने विषयमा प्रस्तुतिकरण गरिएको बताए ।
कार्यक्रमको अन्तिम दिन युवा तथा बाल क्लबका प्रतिनिधि, प्रहरी, शिक्षक, धर्मगुरुलगायतको उपस्थिति रहेको थियो । साथै सहभागीहरुले आफूहरुले बनाएका योजनालाई प्रस्तुत गरेका थिए ।
मञ्चका वरिष्ठ सल्लाहकार धनश्याम उपाध्यायले यस कार्यक्रमले जोखिम न्यूनिकरण गर्ने केही हदसम्म सहयोग गर्ने बताए । उनले कार्यक्रमबाट बाहिर आएका योजनालाई मञ्च र सहभागीले समाजसम्म पु¥याउन सहयोग गर्ने बताए ।
कार्यक्रमका उपस्थित सहभागीले कार्यक्रम उपयोगिमूलक भएको बताए । सहभागीले कार्यक्रमका बोल्ने क्रममा समाजमा कोभिडविरुद्धको खोप प्रयोग, मास्क प्रयोग र नकारात्मक कुराविरुद्ध आफू प्रतिवद्ध भएको बताएको थिए ।