अर्थमन्त्री सहित उपल्लो डोल्पा पुगे प्रचण्ड
Wednesday, November 10th, 2021, 5:12 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक हिमाली जिल्ला डोल्पाको उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिकामा पुगेपछि तीन जना वडाअध्यक्ष सहित दुई दर्जन युवाहरु मओवादी केन्द्रमा प्रवेश गरेका छन् । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीन जना अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बुधवार नेपाली सेनाको एमआई १७ हेलिकप्टेरमा अर्थमन्त्री जर्नादन शर्मासहित उपल्लो डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले उनीहरुलाई प्रवेश गराएका हुन् । अर्थमन्त्री शर्मा कणर्ाली प्रदेश मओवादी केन्द्रका इन्चार्ज शक्तिबहादुर बस्नेत पूर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीसहित उपल्लो डोल्पा पुगेपछि स्थानीयले फुलमाला र राइकाले भव्य स्वागत गरेका थिए ।
मओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा वडा नम्बर १ का अध्यक्ष ग्याल्पो थापा भोटे २ का अध्यक्ष छोइक्याप भोटे, ३ का अध्यक्ष पाल्जाङ्ग लामा र ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ्ग रहेका छन् ।
स्थानीय जनप्रतिनिधि सहित दुई दर्जन स्थानीय युवाहरुसमेत माओवादी केन्द्रमा प्रवेश गरेको वडा नम्बर १ का अध्यक्ष गुरुङ्गले बताए । उपल्लो डोल्पामा पुगेका माओवादी अध्यक्ष दाहाल सहितको टोली समक्ष उपल्लोवासीले भेरी करिडोर निर्माणमा प्रार्थमिकता दिन, उत्तरी सिमा नाका सडक निर्माण र सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जोड्ने सडक निर्माणको काम नेपाली सेनालाई दिन लगायतका ६ बुँदे माग राखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपल्लो डोल्पावासीको मागलाई प्राथमिकताका साथ सम्बोधन गरिने बताए । उपल्लो डोल्पाको डोल्पो बुद्ध र शे-फोक्सुण्डो गाउँपालिका लगायत क्षेत्रको भ्रमण सकेर फोक्सुण्डो तालमा आएर एक रात बास बस्ने भ्रमण टोलीले जनाएको छ ।