स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा
Friday, February 17th, 2017, 2:30 am
amit
संगिन शर्मा
कोहलपुर- आसन्न स्ववियू निर्वाचनका लागि बाँकेका उम्मेदवारी घोषणा गरिएको छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले बुधबार आप्mना दुई उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
जसअन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट राजेन्द्र बिष्टलाई स्ववियू सभापती पदकालागि चुनावी मैदानमा उतारिएको छ भने नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगञ्जमा सिर्जना अधिकारीको उम्मेदवारी घोषणा गरिएको छ ।
विष्ट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत भईसकेका छन । जिल्लाभर ५ वटा क्याम्पसमा निर्वाचन हुने निश्चित भएकाले पहिलो चरणमा २ वटा क्याम्पसका उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको अखिल क्रान्तिकारी प्रदेश नं. ५ का प्रवक्ता माधव डि.सी. ले जानकारी दिए ।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस, खजुराको ज्ञानोदय र राप्तीपारीको सिद्धेश्वरमा छिट्टै अखिल क्रान्तिकारीका उम्मेदवारहरुको टुङ्गो लगाउने गरि तयारी भईरहेको डि.सी. ले बताए ।
८ वर्षको अन्तरालमा हुन गईरहेको स्ववियू निर्वाचनका उमेर हदबन्दीका कारण धेरै विद्यार्थी नेताहरु निर्वाचनमा सहभागी हुन नपाउने भएपछि बाँकेमा बलिया उम्मेदवारहरुको खडेरी परेको छ ।
जसको फाईदा उठाउने उठाउने प्रयत्नमा अखिल क्रान्तिकारीले आप्mना बलिया उम्मेदवारहरुलाई अगाडी सारेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य चक्रमिलन चन्दले बताए ।