फुटबलमय बन्दै पोखरा
Saturday, December 18th, 2021, 8:27 am
Kalpristha
जी. थापा
नेपालगन्ज, २ पुष
सहिद स्मारक ए डिभिजनको इतिहासमा पहिलो पटक काठमाडौं बाहिर पोखरामा शीर्ष डिभिजनको लिग हुँदै छ । घरेलु फुटबलको सर्वाधिक ठुलो प्रतियोगिताले पोखरा फुटबलमय बनेको छ, अझ त्यसमा पनि नेपाली फुटबलका सर्वाधिक सफल टिम मनाङ र पुलिसको खेल त्यसमा थप रोमाचक बनाउनेछ ।
मनाङ र पुलिस शनिबारका दिन पोखरा रंगशालामा आमने सामने हुँदैछन् । होम ग्राउण्डको हैसियतमा मनाङले पुलिसजस्तो सशक्त टोलीलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । पोखरामा आहा–रारा कप देखिकै प्रमुख चीरप्रतिद्धन्दी पुलिस क्लबसँग खेल्न जुरेको ऐतिहासिक अवसरमा पोखरा रंगशाला स्वभाविक रुपमा फुटबलमय बनेको छ । पोखरामा फुटबलमय वातावरण बनिरहेका बेला नेपाली फुटबलको महारथी क्लब मनाङ समर्थक पनि निकै उत्साही देखिएका छन । उनको सक्रियता, उत्साहले पोखरामा हुने लिगमा थप रौनकता थप्ने कुरामा दुइमत छैन ।
घरेलु फुटबलमा मनाङ, पोखरा र फुटबल प्mयानहरु एक आपसमा जोडिने नामहरु हुन् ।
मनाङ मरस्याङदी क्लब (एमएमसी) र पोखरा फुटबलप्रेमी एक प्रकारको प्रयाय जस्तै बनेको छ । हालै गण्डकी प्रदेशले मनाङलाई पोखरा आउन सहमति दिएसँगै मनाङले पोखरा रंशालालाई होम ग्राउण्डको रुपमा पाएको छ । यस निर्णयसँगै मनाङले चाँडै प्रधान कार्यालय पोखरामा सार्ने योजनाको लागि गृहकार्य गरिरहेको छ ।
शिशिर यामको जाँडोमा देशभर चिसो बढ्दा फुटबलको सरगर्मीले पोखरा भने यतिखेर तातेको छ । पोखरा वरपर म्याग्दी, स्याङजा लगायतका स्थानहरुबाट मनाङको प्mयान र समर्थनकहरु रंगशाला आउँने बाँचा गर्दैछन् । साथीहरुसँगै बसेर रंशालामा फुटबलको मज्जा लिने म्यासेजहरु आदान–प्रदान चलिरहँदा समर्थकहरुमाझ खुशी साटा–साट गर्ने माध्यम बनेको छ–फुटबल । ‘आउने होइन त् पोखरा’, ‘ल है पोखरा रंशालामा भरिनुपर्छ । मनाङको प्mयानहरु सबैलाई चुले निम्तिो छ है’, ‘खेल हेर्न को–को आउने हो पोखरा’ लगायतका वाक्यांशहरुले प्mयानहरुको फेसबुक वालहरु रंगिएका छन् ।
खेलकुदको माध्यमबाट प्रयटकीय प्रबद्धनमा लागिपरेको पोखराबासीहरु शीर्ष डिभिजनको लिग आप्mनै घरेलु मैदानमा हुन लाग्दा केही दिन यता पोखरामा फुटबलको रौनक ह्वात्तै बढेको हो । कोरोनो महामारीको कारण लामो समय फुटबल गतिविधिहरु नहुँदा निस्कृय जस्तै बनेको पोखरेली फुटबलमा पुनः रक्त संचार पैदा गरेको छ । फुटबलकै मेरुदण्ड मानिने ठूलो लिग प्रतियोगिता त्यसमा पनि इतिहास बोकेका ठूला क्लब मनाङ र पुलिसबीचको भिडन्तले पोखरावासी फुटबलप्रेमीहरुलाई खेल हेर्नका लागि पोखरा रंगशालामा आउन लालायित देखिन्छन् ।
मनाङको अफिसियल प्mयान क्लब एमएमसी फरबेर ग्रुपमा देशभरका ६८ हजार बढी प्mयानहरु आबद्ध छन् । यस प्mयान क्लबको मुख्य उद्देश्य भनेको नेपाली फुटबल संस्कृतिलाई सभ्य र भव्य बनाउन एक्यबद्धता जनाउनु हो ।
आजभन्दा ८ वर्षअघि पुन बिनोद, गौरब जोशी, चन्द्र ढकाल, तुसी तमस्यो, प्रभा ढकाल लगायतका केही उत्साही प्mयानहरुको सक्रियतामा स्थापना भएको एमएमसी फरेवर प्mयान क्लबका संस्थापकमध्ये महत्वपूर्ण हस्ति मनोज थापा प्mरेवर ग्रुपलाई दक्षिण एशियामै उत्कृष्ट प्mयान क्लब बनाउन जोड् दिन्छन् । उनी थप्छन्, ‘नेपालीहरुमा फुटबलको क्रेज ठूलो छ । मनाङले जस्तै अन्य ए डिभिजन क्लबहरुले पनि प्mयान बेसमा रहेर अगाडि बढ्न सके नेपाली फुटबलको भविष्य उज्वल देखिन्छ ।’
यस सिजनको जारी लिगमा एन्फाले क्लबहरुले होम ग्राउण्डमा खेल्नको लागि प्रस्ताव माग गरेकोमा मनाङले चासो राखेपछि मनाङले पुलिससहित च्यासल युवा क्लब र ब्रिगेड ब्वाईज क्लबसँग तीन वटा खेलहरु घरेलु मैदानको हैसियतले पोखरा रङशालामा लिग खेल्दै छ । मनाङले लिगको पौष ३ गते, पौष १७ र पौष २४ गते क्रमशः पाँचौ, सातौ र आठौं चरणका खेलहरु पोखरामा खेल्ने एन्फाको तालिकामा उल्लेख छ ।
चालू सिजनको सातौं चरणसम्म पहिलो हुने क्लबले एएफसी प्रतियोगितामा खेल्नका लागि छनौट हुने सम्बन्धमा एन्फा र क्लबहरुबीचको सहमति भएकोले सातौं चरणसँगको खेलहरुमध्ये पाँचौं र सातौं चरणको खेल मनाङले आप्mना समर्थकहरुको साथ होम ग्राउण्ड पोखरामा लेख्न पाउनु उसको लागि राम्रो अवसरको रुपमा हेरिएको छ । चौथो चरण सकिँदासम्म लिगको दौडमा अगाडि देखिएका मनाङ, मछिन्द्र, र आर्मीले एएफसी फुटबल क्लबको लाइसेन्ससमेत प्राप्त गरिसकेकाले अंक तालिकाको शीर्षमा रहेको यी क्लबहरुको लागि सातौ चरणसम्मको खेलहरु महत्वपूर्ण मानिएको छ ।