एमालेको लुम्विनी प्रदेश अधिवेशन नेपालगंजमा हुने
Tuesday, December 21st, 2021, 9:01 am
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ,६ पुस
नेकपा एमालेको प्रथम प्रदेश अधिवेशन बाँकेको नेपालगंजमा हुने भएको छ । लुम्बिनी प्रदेश कमिटीको सोमवार दाङको घोराहीमा बसेको छैठौ पूर्ण बैठकले पहिलो प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगंजमा गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा महासचिव पोख्रेलको विशेष आतिथ्यतामा बसेको बैठकले अधिवेशनकालागि विभिन्न समिति समेत गठन गरेको छ । जसअन्तरर्गत एमाले लुम्विनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय प्रथम अधिवेशन व्यवस्थापन समिति गठन गरेको छ ।
उक्त कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, पार्टीबाट निर्वाचित प्रदेश सभाका सदस्यहरु, पार्टीबाट निर्वाचित विभिन्न जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पार्टीबाट निर्वाचित विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, पार्टी जनसंगठनका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका विभिन्न विभागका सदस्यहरु, स्थानीय पालिका कमिटीका अध्यक्ष लगायत पदाधिकारीहरू, जनवर्गीय संगठनका प्रदेश कमिटीका पदाधिकारीहरु रहने बैठकले गरेको छ ।
अधिवेशनका लागि आगामी पुस २८ गते सबै निर्वाचन क्षेत्रबाट अनिवार्य रुपमा प्रतिनिधि छनौट गर्ने भएको छ । त्यस्तै अधिवेशनका लागि प्रतिनिधिहरुको नाम, ठेगाना, पार्टी सदस्यता नम्बर, मोबाइल नम्बर र फोटो सहितको विवरण पौष २१ गतेसम्म प्रदेश कार्यालय बुटवलमा अनिवार्य रुपमा बुझाउन निर्देशन गरेको छ ।
बैठकलाई सम्वोधन गर्दै एमालेका महासचिव शंकर पोख्रेलले अहिले देशमा देखापरेको धुर्वीकरण अन्त्य गर्दै बलियो राज्य बनाउन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई संगठित र सवल पार्टी निर्माणको अभियानमा लाग्न निर्देशन दिएका थिए ।