भारतबाट आएका ३७ जनामा संक्रमण पृष्टि
Monday, January 10th, 2022, 6:03 pm
Kalpristha
आइतबार नेपालगन्ज नाकामा ३७ जनामा कोभिड–१९ पृष्ठि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार २७ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
भारतबाट नेपाल आएका ६ सय ६० जनामा गरिएको परीक्षणबाट उक्त संख्या पृष्टि भएको हो ।
गत आइतबार पनि भारतबाट आएका २६ जना महिल र १३ जना पुरुष गरी ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जिल्लामा थप ११ जनामा संक्रमण पुष्टि भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चारजना महिला र सात जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लामा थप संक्रमण मुक्त संख्या भने शून्य रहेको छ ।
हालसम्म जिल्लामा १८ हजार पाँच सय २७ जनामा संक्रमण पुष्टि भई सकेको छ भने १८ हजार एक सय ५६ जना संक्रमण मुक्त भई सकेका छन् ।
देशभरमा भने थप एक हजार तीन सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप दुई सय ५५ जना संक्रमण मुक्त भएका छन् भने देशका विभिन्न स्थानमा गरी थप दुईजना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा आठ लाख ३३ हजार नौ सय ४६ जनामा संक्रमण पुष्टि भई सकेको छ । साथै आठ लाख १४ हजार चार सय ८५ जाना संक्रमण मुक्त भई सकेका छन् भने ११ हजार ६ सय ६ जना संक्रमितको मृत्यु भई सकेको छ ।