स्वास्थ्यकर्मीबाट बढी सेवा लिन ज्ञापन पत्र
Friday, January 21st, 2022, 7:01 pm
Kalpristha
राष्ट्रिय स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समितिले शुक्रबार स्वास्थ्यकर्मीबाट बढीभन्दा बढी सेवा लिनका लागि सरकारलाई ज्ञापन पनत्र बुझाएको छ । जिल्लामा कोभिड–१९ को तेस्रो लहर सुरु भएको भन्दै संघले स्वास्थ्यकर्मीका मागहरुलाई पूरा गरी बढी सेवा लिन सरकारलाई आग्रह गरेको हो ।
संघका तर्फबाट अध्यक्ष प्रकास गौतमले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारलाई ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा ओमिक्रोन लगायतका प्रजातिको संक्रमण समुदाय स्तरमा फैलिसकेकोले समयमै रोकथाम, निदान, उपचार, पुर्नस्थापनामा सबै पक्ष एक जुट भएर नलाग्ने हो भने ठुलो संख्याामा मानविय, आर्थिक र सामाजिक क्षति व्यहोनु पर्ने उल्लोख गरिएको छ । साथै यस्तो अवस्थामा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने सम्पूर्ण क्षेत्र लाग्नु पर्ने उल्लेख गरिएको छ ।
साथै पत्रमा सरकारबाट स्वास्थ्यकर्मीका मागहरु पनि यथासिघ्र पूरा गर्न सुझाइएको छ । जसमा स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, नगराउने संस्थालाई कारबाही गर्नुपर्ने, कार्यरत स्वास्थ्यकर्मी संक्रमित भए उचित आइसोलेसनको व्यवस्था, उनीहरुलाई निःशुल्क औषधि उपचार, बीमाको व्यवस्था, प्रयाप्त स्वयम् सेवक एवम् सुरक्षकर्मीको व्यवस्थालगायतका मागहरु रहेका छन् ।

ज्ञापन पत्र