युनियन लाइफ समाजसेवामा अग्रसर
Friday, January 21st, 2022, 8:01 pm
Kalpristha
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समाजसेवामा अग्रसरता देखाएको छ । बाँके नेपालगंज उपमहानगरपालिका-१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पीडितलाई न्यानो कपडा वितरण कार्यक्रम गरी इन्स्योरेन्स कम्पनीले समाजसेवामा अग्रसरता देखाएको हो ।
वडा नम्बर १२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पीडितलाई जाडोमा न्यानो कपडा वितरण गरीएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी गराए । ढकालका अनुसार नेपालगंजमा न्यानो कपडा स्वरुप करिब ४७ जनालाई कम्बल वितरण गरीए छ ।
२०७८ सालको दिपावलीमा युनियन देउसी भैलो कार्यक्रमबाट उठेको रकमले पीडितका लागि सहयोग गरिएको जनाइएको छ । नेपालगंज उपमहानगरपालिका-१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीले विपन्न परिवारलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरे । राहत वितरण कार्यक्रममा विगत लामो समय देखि व्लड क्यान्सरबाट पीडित स्थानीय बालिका सम्भता नगरकोटीलाई उपचार खर्च स्वरुप नगद २५ हजार पनि प्रदान गरिएको थियो ।
राहत वितरण कार्यक्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भोज कुमार कुवंर, प्रदेश उपप्रमुख उमेश ठाकुर, नेपालगंज शाखा प्रमुख उत्तम ढकाल, पूर्व विमारत्न निरज कुमार भट्ट र सिओटि झविन्द्र मरासिनी, वरिष्ठ एजेन्सि म्यानेजर टिकामणि उपाध्याय, वरिष्ठ एजेन्सि म्यानेजरहरु अर्जुन शाही, शारदा सुवेदी, कृष्ण प्रसाद सुवेदी, यज्ञराज जोशी, टिना केसी, रमेश बिसी, जीव नारायाण बेलबासे र सुर्य कसी लगायतको उपस्थिति रहेको थियो ।