अपहरण गरेर बलात्कार
Saturday, January 22nd, 2022, 7:54 pm
Kalpristha
खजुरा गउँपालिका–१, सैनिकमा एक बालिकाको अपहर गरेर बलात्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार साँझ ५ बजे स्थानीय पाँच जनाले १६ वर्षीया बालिकाको अपहरण गरेर बलात्कार गरेका हुन् ।
बलात्कार गर्नेमा खजुरा गाउँपालिका–१ सैनिक बस्ने १८ वर्षीय हरिश सुनार, अन्दाजी वर्ष १७–१८ को सुशान्त सुनार, अन्दाजी वर्ष १८–१९ को सुमित गाहा मगर, अन्दाजी वर्ष १९–२० को नबिन थापा र अन्दाजी वर्ष २४÷२५ को नेप्टे भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज उप–महानगरपालिका–१२ बेलासपुर बस्ने १६ वर्षीय बालिकासहित सोही अन्य तीनजना खजुरा सि गाउँस्थित पुलचोक नजिक फोटो खिचाउन लागेको अवस्थामा स्थानीय पाँचजनाले उनीहरुलाई कुटपिट गरेका थिए । दुईवटा मोटरसाइकलमा आएका उनीहरुले कुटपिटपश्चात क्यामरा तोडफोड गरी बालिकालाई अपहरण गरेर लगेका थिए ।
सोही साझ हरिश भे १० प ८६३ नम्बर मोटरसाइकलमा बसाली लिई गएको भन्ने खबर प्राप्त भए अनुसार जिल्ला प्रहरीका कार्यालयबाट प्रहरी नायज उपरीक्षक मधुसुधन न्यौपाने समेतको प्रहरी टोली घटनास्थल खटी गई हरिश सुनारको घरबाट निज हरिश सुनारलाई पक्राउ गरी पिडितलाई समेत निजकै घरकोठाबाट उद्दार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पिडितसँग सोधपुछ गर्दा हरिश सुनारले नाम थाहा नभएको जंगलमा र आफ्नो घर कोठामा पिडितलाई दुईपटक जबरजस्ती करणी गरेको भनि खुलाएको छ ।
अन्य सुशान्त सुनार, सुमित गाहामगर, नविन थापा र नेप्टे भन्ने व्यक्तिको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।