१ सय मिटरमा मनिष र शान्तीले जिते स्वर्ण पदक
Saturday, March 12th, 2022, 9:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ फागुन
ज्ञानोदय नमुना माविका मनिष सुनारले शनिबारदेखी सुरु भएको खजुरा गाउँपालिका चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगितामा स्वर्ण पदक जितेका छन ।
मनिष पहिलो हुँदा आदर्श माविका सुदिप विक दोस्रो र जनता नमुना माविका मोहित रोका मगर तेस्रो भए । मनिषले दौड ११.५५ सेकेन्ड, सुदिपले ११.८८ र मोहितले १२.१० सेकेन्डमा पुरा गरेका थिए । छात्रा तर्फ जनताकी शान्ती पौडेल पहिलो, आदर्शकी तुल्सी कुमारी सुनार दोस्रो र अमरकी आशिका नेपाली तेस्रो भइन ।
शान्तीले १३.८० सेकेन्ड, तुल्सीले १४.७४ सेकेन्ड र आशिकाले १५.२५ सेकेन्डमा दौड पुरा गरेको सचिवालयका सोम बहादुर विकले जानकारी गराए ।
८ सय मिटर दौडमा ज्ञानोदय नमुनाका सालिक शर्मा पहिलो, मैटहवाका सागर शाही दोस्रो र जनता नमुनाका सुदिप भण्डारी तेस्रो भए । सालिकले २ मिनेट १८.३० सेकेन्ड, सागरले २ मिनेट २८.०३ सेकेन्ड र सुदिपले २ मिनेट २९.१० सेकेन्डमा पुरा गरे ।
छात्रा तर्फ ज्ञानोदयकी राधिका वलीले पहिलो स्थान हासिल गरिन ।
आदर्शकी सन्ध्या चौधरीले दोस्रो र जनता नमुनाकी तिर्सना फौजा मगर तेस्रो भइन । राधिकाले २ मिनेट ५४.९० सेकेन्ड, सन्ध्याले २ मिनेट ५७.३९ सेकेन्ड र तिर्सनाले ३ मिनेट १० सेकेन्डमा दौड पुरा गरिन ।
यसैगरी ज्याभलिन थ्रोमा जनताका कैलाश थापा पहिलो भए । आदर्शका निरज थापा दोस्रो र नेरा मावि मनकामनाका मक्दुम खान तेस्रो भए । कैलाशले ३८.६० मिटर, निरजले ३६.५५ मिटर र मक्दुमले ३५.६९ मिटर दुरी कटाएका थिए । सोही स्पर्धाको छात्रा तर्फ जनसेवाकी पुष्पा कामी पहिलो, आदर्शकी कंचन गुरुङ र जनताकी पल्लवी घिसिङ तेस्रो भइन । पुष्पाले २२.०९ मिटर, कंचनले २०.१९ मिटर र पल्लवीले १९.८९ मिटर दुरी कटाकी थिइन ।
लङजम्पमा ज्ञानोदयका मनिष सुनारले ५.६२ मिटर पार गर्दै पहिलो, अमर माविका रबिन थारु ५.६२ मिटर सहित दोस्रो र जनकल्याणका सनम विक ५.३९ मिटर सहित तेस्रो भएका छन । छात्रा तर्फको स्पर्धामा अमरकी आशिका नेपाली पहिलो, जनता नमुनाकी करुणा सुनार दोस्रो र ज्ञानोदयकी करिस्मा चन्द तेस्रो भइन । आशिकाले ४.१० मिटर, करुणाले ४.०७ मिटर र करिस्माले ३.४१ मिटर जम्प गरेकी थिइन ।
शनिबार भएको ४â४०० मिटर रिले दौडको छात्रा तर्फ आदर्श पहिलो, जनता दोस्रो र जनकल्याण स्कुलले तेस्रो स्थान हासिल गरेको छ । आदर्शकी पुजा खड्का, अस्मिता थापा, तुल्सी कुमारी सुनार र सन्ध्या चौधरीको टिमले ५ मिनेट ०२.१६ सेकेन्डमा दौड पुरा गर्दा जनताकी यशोदा बस्नेत, शान्ती पौडेल, तिर्सना फौजा मगर र मनिष थारुले ५ मिनेट ११.३८ सेकेन्ड र जनकल्याणकी प्रतिभा कुमारी रावल, रेश्मा सुनार, अस्मिता योगी र जानका रानाले ५ मिनेट १७.७७ मिनेटमा दौड पुरा गरेको खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले बताए ।