५१ हजारले खाए हात्तीपाइलेको औषधी
Sunday, March 13th, 2022, 8:47 pm
Kalpristha
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रबमको पहिलोदिन शनिबार ५१ हजार ७ सय ३७ जनाले औषधी खाएका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ बाहेक अन्य सात पालिको रेकर्ड प्राप्त भएको छ । जस अनुसार पहिलो दिन ५१ हजार भन्दा बढीले औषधी खाएको स्वास्थ्य कार्यालय बाँकेकी हात्ती पाइले फोकल पर्सन कमला गौतमले बताइन ।
यसैगरी पहिलो दिन नेपालगन्जमा ७ हजार भन्दा बढीले औषधी खाएका छन ।
कार्यक्रमको पहिलो दिनमा ७ हजार ९८ अर्थात कुल जनसंख्याको ४.४ प्रतिसत जनताले औषधी खाएको नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालगन्जको कुला जनसंख्या १ लाख ६१ हजार ७ सय ५ रहेको छ । जसअनुसार पहिलो दिनमै ४.४ प्रतिसतले औषधी खानु उत्साह जनक कुरा भएको नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका हात्तीपाइकले फोकल पर्सन बिनोद विकले बताए । शनिबार नेपालगन्जमा सबैभन्दा बढी वडा नम्बर १२ मा ७ सय १६ जनाले औषधी खाएका छन भने सबै भन्दा कम वडा नम्बर ६ मा ३२ जनाले खाएका छन । बाँकेका स्वास्थ्य अधिकारीका अनुसार यसपटक उत्साह जनक रुपमा अभियानको प्रभाव परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँके प्रमुख धिरजंग शाहले जनचेतनाका कारण यस वर्ष औषधी खानेको संख्या वृद्धि हुँदै गएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा ५ लाख ६८ हजार ३९ जनालाई औषधी खुवाउने कार्यक्रम छ । पहिलो दिनमा बुथ मार्फत अभियानको सुरुआत गरिएको छ । दोस्रो चरणमा स्वास्थ्यकर्मीले घर–घरमा गएर औषधी खुवाउने छन । त्यसका लागि ५ सय ६० स्वास्थ्यकर्मी ७ सय ८९ महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको प्रमुख शाहले बताए ।