अष्टिनमा बृहत कवि गोष्ठी सम्पन्न (फोटो फिचर सहित)
Sunday, March 19th, 2017, 9:57 am
amit
अष्टिन (टेक्सास)- टेक्सासको अष्टिनमा शनिवार बृहत कवि गोष्ठी सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण मध्य टेक्सास च्याप्टरको आयोजनामा सम्पन्न कवि गोष्ठीमा अष्टिन तथा आसपासका करिब ५ दर्जन नेपाली कवि तथा साहित्य अनुरागीहरुको सहभागीता रहेको थियो ।

प्राध्यापक तथा कवि धरणी गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पुर्व अध्यक्ष मोहन सिटौला, ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपाने, हेम सरिता फाउण्डेशनका प्रमुख संरक्षक हेम पाठक, ग्रेटर अष्टिन नेपाली सोसाइटीका पुर्व अध्यक्ष गेहेन्द्र के सी. लगायतको सहभागीता रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक बरिष्ठ सदस्य राजेश्वर निरौलाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मध्य टेक्सास च्याप्टरका महासचिव शुरेश पोखरेलले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी धरणी गौतम, शुरेश पोखरेल, देबराज न्यौपाने, मोहन सिटौला, नवराज न्यौपाने, नर्वदा न्यौपाने, जलेश्वर श्रेष्ठ, बबी लिम्बु श्रेष्ठ, मित्र गौतम लगायतले रचना वाचन गर्नुभएको थियो ।

