खेललाई प्रभावकारी बनाउन नीति ल्याइने
Thursday, March 24th, 2022, 9:52 pm
Kalpristha
बिहीबारदेखि नेपालगन्जमा संचालित आठौं सगरमाथासिमेन्ट प्रधानमन्त्रीकपअन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गरेका छन् । मन्त्री अथकले मोफसलमा जनस्तरबाट थालिएका राम्रा खेल प्रतियोगितालाई प्रभावकारी बनाउनेबारे मन्त्रालयले सहयोग गर्ने नीति लिने बताए ।
उनले भने, ‘प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताले दुई देशका जनताबीच जनस्तरबाट सम्बन्ध विस्तार गर्न मद्दत मिल्ने मैले ठानेको छु । देशभर यस्ता विशिष्ठ पहिचान बोकेका प्रतियोगितालाई मन्त्रालयको तर्फबाट सहयोग हुनेछ ।
’प्रदेशसभा सदस्य तथा प्रतियोगिता मूल आयोजक समितिका संयोजक कृष्णा केसी ‘नमूना’को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नृत्य र खेल कौशल प्रदर्शन गरिएको थियो ।
त्यस्तै पहिलो खेलमा नेपालपुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो ।
त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवनआर्मी क्लबे न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफलभयो ।
लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिनपहिलो खेल नेपालपुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर(छत्तीसगढ भारत)को हुनेछ ।
प्रतियोगिता १४ चैतसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफले भने यो पटक प्रतियोगितामा सहभागिता जनाएको छैन ।