जन्मदर्ता नबनाएको भन्दै अदालतमा रिट दायर
Thursday, March 24th, 2022, 9:53 pm
Kalpristha
बाँके कोहलपुर नगरपालिका–२ मुक्तिनगर बस्ने २६ वर्षीया गिता वलीले छोराको जन्मदर्ता नबनाइ दिएको भन्दै उच्च अदालत नेपालगन्ज रिट दायर गरेकी छिन् ।
कोहलपुर नगरपालिका–२ को वडाध्यक्ष कर्णसिंह बुढा र वडा सचिवले फरक राजनीतिक दलको मान्छे भनेर जन्मदर्ता नदिएको गिता वलीले बताइन् । वलीले अनुसार अनुसार छोराको जन्मदर्ताका लागि वडा कार्यलयमा पटक–पटक जादासमेत बेवास्ता गरी फर्काएको बताइन् ।
कोहलपुर नगरपालिका–२ का वडा अध्यष कर्णसिंहले भने गिता वली भारतको स्थायी वासिन्दा भएका कारण जन्मदर्ता दिन नमिलेको बताएका छन् ।
‘गिता वली ज्यूको विवाह भारतमा भएको हो । उहाँ भारतको स्थायी वासिन्दा हुनुहुन्छ । यसमा हामीले केही गर्न सक्ने नै छैन’, वडा अध्यक्ष बुढाले भने । उनका अनुसार पञ्चीकरण गर्ने काम कर्मचारीको भएकाले कागजात नै नपुगेकाले कर्मचारी दिन नसकेका हुन् ।
उनले थपे, ‘हामी जनप्रतिनिधिको काम भनेको सिफारिस दिने हो । काम त कर्मचारीले गर्ने हो । कर्मचारीलाई पनि त आफ्नो जागिरको सवाल हुन्छ ।’
वडा अध्यक्ष बुढाका अनुसार वलीले यसअघि पनि विभिन्न कारण देखाउँदै वडा कार्यालय विरुद्ध तीन बढी मुद्दा हालेकी थिइन् ।