पत्रकार महासंघको स्थापना दिवस मनाइयो
Wednesday, March 30th, 2022, 7:10 pm
Kalpristha
नेपालगन्जमा बुधबार नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले दिवसको उपलक्ष्यमा पत्रकारहरुको उपस्थितिमा शुभकामना आदानप्रदानसहित केक काटेर दिवश मनाइएको हो ।
नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहको अध्यक्षमा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाइँको प्रमुख आतिथ्यता रह्यो ।
कार्यक्रममा चौलागाइँले आफू र लुम्बिनी प्रदेशले सधैव पत्रकार महासंघ बाँके र बाँकेका पत्रकारहरुको हकहीतमा काम गरिरहेको बताए ।
महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्वअध्यक्ष निरज गौतम, प्रदेश समिति सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष डक्टप्रसाद धिताल, प्रगतिशील पत्रकार संगठनका तिलक गाउँले, सञ्चारिका समूहको जिल्ला अध्यक्ष रुपनी जीएम र नेपाल प्रेस यूनियनका सचिव विजय मल्लले महासंघको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारीता पेसालाई मर्र्यादित राख्न सबै पत्रकारको भूमिका रहेको बताए । साथै उनीहरुले क्रियाशील मिडिया सम्बद्ध संघ–संस्थाले जिल्लाका पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता गरेका छन् ।