कविता : भावनाको तरंग
Saturday, April 2nd, 2022, 11:09 am
Kalpristha
कल्पना पौडेल ‘जिज्ञासु’
मेरो प्रिय मान्छे
आउ मेरो समिपमा
तिम्रो काखमा पीडाको भारी
बिसाएर
न्यानो अङ्गालो आराम गर्न चाहन्छु
तिमी सँगको साथले जुनेली रातमा
त्यो झलमल बलेको आकाशमा
भ र् याङ राखेर ति जून तारा टिप्छु
जब तिमी एकछिन ओझेल हुन्छौ नि म बाट
थाहा छ् प्रिय ? त्यो एक एक पल
औसिको रात बनीदिन्छ
हो त्यही अन्धकार लाई चिर्न
तिनै जून तारालाई
आफ्नै नजरको जेलभित्र बन्दी
बनाएर राख्छु
जून ताराहरुको त्यै सिङो संसार
आकाशमा उमङ्गको
पखेटा फिजाएर तिमीलाई
चञ्चलताको अंकुशले तानेर सँगै उडाउनेछु
कतै त्यो बतासले मेरो प्रियलाई
छुने त होइन ?
इर्ष्याले आगो दन्केको मन
बोकेर झार्नेछु तिमीलाई फेरी
यही आफ्नै सुन्दर दुनियाँमा
अनी निर्धक्क सँग
पसाउन थालेको धानभित्र
चखेवाको हाम्रो जोडीले
चामल भरौला
तब
यिनी मुहारमा
मुस्कान फक्रेनेछ
हर्षको उन्माद चढ्ने छ
तिमी मिठो संगीतमा गुन्गुनाउनु
त्यही स्वर व्यञ्जन चुडेर
प्रेमको माला उन्नेछु
मेरो मनको मान्छे
हाम्रो प्रगाढ मायाको माहासागर बाट
खुशीहरुका थोपा थोपा
संगालेर
हिमालको चुचुरो बनाउँछु
यिनै भावनाका पृष्ठभुमिमा
एउटा अटल अमर प्रेम काहानीको
ईतिहास रच्छु
तिमी नायक म नायिका
युगान्तर जिवन्त
रहनेछौ सिङो ईतिहास
बनेर !!
खजुरा