टेक्सासको अष्टिनमा जात्रा
Saturday, December 31st, 2016, 4:51 am
amit
के सी शेर
अष्टिन, टेक्सास
नया“ वर्ष २०१७ को अवसर पारेर अमेरीका टेक्सासको अष्टिनमा नेपाली कथानक चलचित्र जात्रा प्रर्दशन हुने भएको छ । आउ“दो जनवरी ८ तारिख आइतवार अष्टिन स्थित साउथवेष्ट थिएटरमा प्रदर्शन हुन लागेको चलचित्र जात्रा नेपालमा सफल मानिएको चलचित्र हो । अमेरीकाका बिभिन्न शहरमा प्रदर्शन भइरहेको जात्रा अर्को आउने आइतवार अर्थात जनवरी ८ तारिख आइतवार बिहान १० बजेपछि अष्टिनमा प्रदर्शन हुन लागेको हो । अष्टिनमा यसअघी कबड्डी कवड्डी, छक्का पंजा, पुरानो डुङ्गा लगायतका चलचित्र प्रदर्शन गरिसकेको टिमले नै जात्रा प्रदर्शन गर्न लागेको हो । चलचित्र जात्रा पनि अष्टिनमा हाउसफुल हुने अष्टिनमा चलचित्र प्रदर्शनको जिम्मा लिएको टिमका संयोजक सनोद कु“वरले जानकारी दिनुभयो । नेपाली चलचित्र छड्के र पशुपतीप्रसादमा बेजोड अभिनय गरेर ख्याती कमाएका अभिनेता बिपिन कार्की तथा चलचित्र छक्का पञ्जामा धमकेदार अभिनय गरेकी नायिका बर्षा राउनतको उत्कृष्ट अभिनय र नव कलाकारहरुको बेजोड अभिनयले चलचित्र जात्रालाई सफल बनाएका छन् । नेपालमा हाल प्रदर्शनमा आइरहेको चलचित्र जात्राले शुपरहिट चलचित्र छक्का पञ्जाको बाटो पछ्याइरहेको छ । महसंचारमा १२ वर्ष काम गरेर खारिएका प्रदिप भट्टराइले जात्राको निर्देशन गरेका छन् ।