वैज्ञानिक शिक्षाको अभ्यास गर्दै युरो बेबीजोन
Saturday, April 2nd, 2022, 9:00 pm
Kalpristha
सौरभ राना
आधुनिक प्रविधि, उत्कृष्ट व्यवस्थापन र उच्च गुणस्तरीय जनशंक्तिको माध्यमबाट प्रभावकारी शिक्षाको अभ्यास गर्दै आएको युरो बेबी जोन स्कुलले छैठौं वार्षिक साधारण सभा एवम् अभिभावक भेला सम्पन्न गरेको छ । युरो बेबीजोन बाँकेमा स्मार्ट सिकाई माध्यमलाई प्रयोग गर्दै आएको स्कुल हो ।
बाँके जिल्लामा उत्कृष्ट मन्टेश्वरी स्कुलको छबी बनाएको युरोले शनिबार उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरेको छ ।
नेपालगन्जमा भएको स्कुलको बार्षिक सभामा विद्यार्थीले विभिन्न प्रस्तुतीहरु देखाएका थिए ।

.
शिक्षा क्षेत्रमा ३० वर्ष बढी योगदान दिएका घमानसिंह बस्नेतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । प्रमुख अतिथि बस्नेतले पानसमा बत्ति बालेर वार्षिक सभाको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै बस्नेतले शिक्षा क्षेत्रमा युरोबेबीले सिकाई प्रविधिलाई बढी जोड दिएको बताए । उनले बाँकेका अन्य मन्टेश्वरी स्कुलभन्दा फरक रहेको युरोले बालबालिकालाई रमाइलो वातावरणमा प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएकोबताए ।
युरो बेबी जोन स्कुलका अध्यक्ष बामदेव न्यौपानेले काठमाडौं, भारत गएर बालबालिकालाई पढाउनु पर्ने अब अवस्था नभएको बताए । उनले भने,‘हामी उच्च व्यवस्थापन, आधुनिक प्रविधि र वैज्ञानिक सिकाईलाई ध्यानमा राखेर अध्ययन गराउने गरेका छौं । विद्यार्थीको मानसिक, शारीरिक र मनोवैज्ञानिक विकासका लागि हाम्रा शिक्षक, विद्यालयको वातावरण उत्कृष्ट छ ।’
कार्यक्रममा युरोबेबीकी प्रध्यानाध्यापक निर्जला श्रेष्ठले बालबालिकालाई रमाइलो वातावरणमा अध्यापन गराउनु नै स्कुलको उद्देश्य रहेको बताइन् । उनले बालबालिकालाई पढ्न बाध्य बनाउनु भन्दा उनीहरुलाई आफैं पढ्न उत्प्रेरणा प्रदान गर्ने वातावरण सृजना गर्नुपर्ने जोड दिइन ।
सभाको अवसरमा स्कुलले प्रमुख अतिथि बस्नेतलाई खादा ओडाएर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न व्यक्ति, बालबालिकालाई स्कुलले सम्मान एवम् मायाको चिनो प्रदान गरेको थियो ।

.