‘सुशासन र समन्वय सहकारी बलियो बनाउने आधार हुन्’
Sunday, April 3rd, 2022, 10:26 am
Kalpristha
६५औं राष्ट्रिय सहकारी विदस विशेष
देशको आर्थिक सुदृणिकरणमा सहकारीको पनि योगदान छ । स–साना व्यवसायी एवम् थोरै लगानीले व्यवसाय सुरु गर्न चाहने र गरिरहेका व्यक्तिहरुको लागि सहकारी सहयात्री नै बनेको छ । केही वर्ष अघिसम्म सहकारीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएता थियो । तर अहिले त्यो दृष्टिकोणमा भने परिवर्तन आउँदैछ । सबै सहकारी खराब हुँदैनन् भन्ने धारणाको विकास भएको छ । केहि सहकारीले उत्कृष्ट ढंगले काम गर्दै सफलता पनि हासिल गर्दैछन् । तिनै सहकारीका केहि सबल पक्षलाई खोज्ने प्रयास गरेका थियौं । सहकारी दिवसको अवसरमा हामीले सहकारीमा सक्रिय भएर काम गरिरहेका नेतृत्वकर्ताहरुसँग सहकारीको व्यवस्थापन कसरी बलियो बनाउने भन्ने बारेमा बुझ्ने प्रयास गरेका थियांैै । पढौं उहाँहरुका भनाइ तथा अनुभव ।

उमा कुमारी थापा, अध्यक्ष : खजुरा सैनिक बचत सहकारी
सहकारी व्यवस्थापन बलियो बनाउनको लागि सर्वप्रथम त सहकारीका आर्थिक पक्षहरु बलियो बनाउनुपर्ने हुन्छ । व्यवस्थापन बलियो बनाउनको लागी र सुशासन हुनुपर्ने हुन्छ । सहकारीलाई बलियो बनाउन त्यहाँको आर्थिक व्यवस्थापन र सुशासन मुख्य कुरा हुन् । समग्रमा भन्ने हो भने सहकारीमा समानरुपमा महिला पुरुषबीचको लैंगिक समानता हुनुपर्छ । त्यो समानता भयो भने व्यवस्थापन राम्रो हुन्छ । आर्थिक कुरालाई सहिरुपमा व्यवस्थापका बारेमा बेला–बेलामा प्रशिक्षण हुनु पर्छ । सहकारी दिवसमा मात्र नभई विभिन्न कार्यक्रमहरुमा पनि सहकारीलाई प्रशिक्षण दिनु पर्छ ।

सागरनाथ योगी, प्रबन्धक : राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखा
संस्थाले विधि, नीति निर्देशिका र नियमलाई पूर्णरुपमा पालना गर्नु पर्छ । विधि र पद्धतीलाई पूर्णरुपमा पालना गरेर अगाडि बढ्नु पर्छ । सहकारीको संचालकले समिति सक्रिय भएर काम गर्नु पर्छ । अनुशासन र सुशासन भित्र रहेर संस्था भित्र कामहरु अगाडि बढाउनु पर्छ । संस्थामा गरेका कामहरुलाई सेयर सदस्यले कसरी लिएका छन् । सेयर सदस्यहरुको चाहना कस्तो छ त्यो कुरा बुझन जरुरी छ । संस्थाको कार्यक्षेत्रका कामहरु जस्तै बचत होस या अन्य क्रियाकलापहरुलाई ध्यान दिएर गर्नु पर्छ ।

लुना गुरुङ, प्रबन्धक : जिल्ला सहकारी संघ, बाँके
अहिले हाम्रो बाँके जिल्ला विभिन्न किसिमका सहकारी राम्रो तरिकाले संचालक भैरहेका छन् । अहिले सरकारको नीति अनुसार स्थानीय, प्रदेश र केन्द्रीयस्तरमा सहकारीलाई वर्गिकरण गरिएको छ । तर ती सहकारीलाई राज्यस्तरबाट त्यति धेरै सहयोग नमिलेको जस्तो लाग्छ । सहकारीको व्यवस्थापन बलियो बनाउन सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ । स्थानीय सरकारले यसलाई आर्थिक विकासको महत्वपूर्ण पक्ष हो भनेर बुझन जरुरी छ । कतिपय सहकारीले काम गरिरहेका छन् तर उहाँहरुलाई व्यवस्थापन कसरी बलियो बनाउने भन्ने ज्ञान छैन । त्यस्ता सहकारीलाई सहकारीसँग सम्बन्धित निकाय र सरकारले नीतिगत रुपमा सहयोग गर्नु पर्छ ।

सुभद्रा शर्मा, अध्यक्ष : वैभव लक्ष्मी महिला सहकारी संस्था
व्यवस्थापन बलियो बनाउन आर्थिक पक्षलाई बलियो बनाउनु पर्छ । सामाजिक रुपमा सहकारीले महत्वपूर्ण भूमिका खेल्नु पर्छ । समाजिक रुपान्तरण गर्नु प¥यो । ऐन नियम कानुनलाई पालना गर्नु प¥यो । ऐन नियम पालना गर्दा कर्मचारीहरुलाई सुशासनमा रहेर काम गराउनु पर्छ । कर्मचारीलाई पनि व्यवस्थित रुपमा काम गराउन जान्नु पर्छ । ऐन र नियम पालना ग¥यो भने सहकारीमा अनियमितता आउँछ भन्ने मलाई लाग्दैन । मुख्य रुपमा हामीले आर्थिक पाटोलाई हेर्नु पर्ने हुन्छ । आफू पनि सहयोगी भावना भएर काम गर्ने र अरुलाई पनि अनियमित खर्च गर्ननदिए पछि व्यवस्थापन राम्रो हुन्छ ।

दिलमाया डाँगी वली, व्यवस्थापक : नेपाल नागरिक उद्यम सहकारी संस्था
व्यवस्थापन बलियो बनाउन सहकारीको टिमवर्क मिलेको हुनु पर्छ । व्यवस्थापनमा सेयर सदस्यले सहयोग गरेको हुनुपर्छ । संस्थाबाट दिने सेवा सुविधाहरु सबै कुराहरु पूर्णरुपमा व्यवस्थित भए भने सहकारीले राम्ररी काम गर्न सक्छ । संस्थाको सेवा सुविधा पुँजी व्यवस्थापन सही ढंगबाट हुनुपर्छ । संस्थामा त्यही अनुसारको पुँजी र टिमवर्क भयो भने संस्थालाई सहयोग हुन्छ, व्यवस्थापन पनि बलियो हुन्छ ।

टिकाराम चौधरी, प्रवन्धक : गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
हामीले व्यवस्थापन पक्षलाई एकदमै सुशासत तरिकाले संचालित गर्न सक्यौ भने संस्थालाई संचालन तथा वृद्धि विकास हुन्छ । व्यवस्थापन पक्षलाई सुदृढिकरण गर्ने हो भने सर्वप्रथम सम्पूर्ण तहका कर्मचारीहरुलाई तालिमहरुमा समावेश गराउने त्यस्तै किसिमको उत्पे्ररण मूलक कार्यक्रहरुमा समावेस गराउने गर्नु पर्छ । साथै प्रत्येक मासिकरुपमा कर्मचारीको प्रोगे्रसिप रिपोर्टहरु सरल किसिमको छलफल गर्न सक्यो भने व्यव्स्थापन एकदमै मजबुत, बलियो हुन्छ भने संस्थाको लक्ष्य प्राप्तको लागि उपलब्धीमूलक पनि हुन्छ ।

दिवस सिंह हमाल, कार्यकारी प्रमुख : ओम साई बचत तथा क्रण सहकारी संस्था
व्यवस्थापन पक्षलाई बलियो र सुदृण बनाई राख्नको लागि त्यसमा टिमवर्क सबैभन्दा पहिलो पक्ष हुन्छ । त्यसलगतै हाम्रो कार्यक्रममा गरिने कार्य पारदर्शी जस्ता कुरालाई ध्यानमा राख्नु पर्ने हुन्छ । त्यसगरी कर्मचारीलाई तालिम दिने कुराहरु, सबैलाई चुस्त दुरुस्त राख्नु पर्ने हुन्छ । र सरकारले हालसम्म अन्य वित्तीय संस्था सहकारीलाई सेवा सुविधा दिएको छैन । अब सरकारले सहकारीलाई पनि प्राथमिकता दिनु पर्छ ।

विष्णु खनाल, कार्यकारी प्रमुख : पायनियर बचत तथा क्रण सहकारी संस्था
व्यवस्थापनमा सहकारीका सदस्यहरुलाई कसरी व्योहार गर्छौ कति जागरुप बनाउछौ उहाँहरुलाइ कति सेवा प्रदान गर्न सक्छौ त्योसँग सम्बन्धित रहन्छ । सहकारी संस्था सदस्य मुखी छ भने सदस्यहरुको आकर्षण हुन्छ । यसमा समाजिक उत्तर दायित्व अन्तर्गत समुदायमा यसले काम गरेको, समग्र वित्तिय साक्षरतालगायतका विषय मानवसँग सम्बन्धित भएकाले त्यसमा आवद्य भएका सदस्य, कार्यसमिति र विभिन्न उप–समितिहरु त्यसैगरी कर्मचारीहरु त्यतीकै महत्वपूर्ण भूमिका हुने गर्दछ ।

अनिता गुरुङ, अध्यक्ष : गे्रस बचत तथा क्रण सहकारी संस्था
व्यवस्थापनमा संचालक, प्रवन्धक र सम्पूर्ण तहका कर्मचारमा समन्वय राम्रो भयो भने व्यवस्थापनलाई अगाडि बढाउने सक्छौं । त्यस्तै नीति निर्माणमा संचालन समितिमा पदाधिकारी तय गर्दा उहाँहरुमा पनि क्षमता र योग्यताका खोज्न जरुरी रहेको देख्छु । साथै हामीले संस्थामा समोवेशी अवधारणा राख्नु पर्छ । जस्तै कर्मचारीमा महिला पुरुष बराबर राख्ने व्यवस्था भयो भने व्यवस्थापनमा बलियो बनाउन सकिन्छ । र संस्था सधैं पारदर्शी र नीति नियममा बसेर चलाउनु पर्छ ।

अम्बिका काफ्ले, व्यवस्थापक : जय बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सहकारीलाई अभियानलाई चाही दिर्घकालीन रुपमा अबल बनाउनु सहकारी ऐनबाट पारीत भएको नीतिहरुलाई पालाना गर्नु प¥यो ।सम्पत्ति सुद्धिकरण एन अनुसार चाही कार्यहरु गर्दै जाने र विभागले जारी गरेका निर्देशितहरुलाई कार्यन्वयन गर्दै जानु पर्छ । कार्यलय व्यवस्थापन को लागी चाही हाम्रो सहकारीमा च्यालेन बोर्ड म्यानेजमेन्ट र अन्य उप समितिहरुको सहकार्य राम्रो हुनु पर्छ । महत्वपूर्ण पाटो व्यवस्थापनको मालिक सेयर सदस्यहरुको चाही कारोबारलाई तुरुूतदुरुस्त राख्नु पर्छ ।

चित्रा कुमारी थामस्वङ सुब्बा, महाप्रवन्धक : राष्ट्रिय सहकारी महासंघ, महाप्रबन्धक
नेपालको सन्र्दभमा व्यवस्थापन मजबुत बनाउनको लागी सबैभन्दा पहिला दक्ष कर्मचारी नियुक्त गर्नु पर्छ र भएका कर्मचारीलाई तालिम दिनु पर्छ । सुशासन र कर्मचारीहरुलाई राम्रो संग व्यवस्थित गर्नु पत्यो । प्रविधिको जमाना हुनेले सम्पूर्णलाई व्यवस्थित गर्नु पत्यो तालिम दिने शिक्षाकोशको रकम हुन्छ शिक्षाकोश को रकम बाट चाही सुशासन र मजबुत बनाउने र तालिम दिदै जाने ।

शिव लामिछाने, अध्यक्ष : मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सहकारीलाई व्यवस्थित गराउनका लागि सकारीका नीतिहरु निर्माण गर्ने, कर्मचारीहरुलाई तालिमप्राप्त गराउने, पुँजी तथा स्रोतसाधनलाई यथोचित तरिकाले यथास्थानमा सहि तरिकारले परिचालन गर्ने वातावरण गराउने र राज्यबाट र सहकारी संघ–संस्थाबाट समन्वयकारी भूमिका खेल्नु पर्दछ । कागजमा मात्रै नभएर व्यवहारमा पनि नीति नियम निर्माण गर्न सिकाउने र सेयर सदस्य ज्यूहरुलाई सहयोग गर्ने हुनु पर्दछ ।

पदम बहादुर भण्डारी, अध्यक्ष : भेरी वित्तीय सहकारी संस्था लिमिटेड
व्यवस्थापन पाटोलाई बलियो बनाउन कुनै पनि संघ–संस्थाले नीतिनियम र नम्स अनुसार अघि बढ्यो भने त्यहा अनियमितता कम हुन्छ । त्यस्तै संस्थाका कर्मचारीमा ईमान्दारिता तथा क्षमता दुवै हुनु पर्दछ । त्यसका लागि उनीहरुलाई नयाँ प्रविधि अनुसार तालिम दिनु प¥यो, राम्रा काम गरेका कर्मचारीलाई सम्मान गर्नु प¥यो । अनि अर्का कुरा सहकारीका हरेक आर्थिक कारोबार पानी जस्तै छर्लंग हुनु पर्छ । संस्थाका हरेक व्यक्ति चाहे त्यो कर्मचारी होस्, संचालक समिति होस वा शेयर सखस्या सबैले संस्थाको आर्थिक कारोबरलाई चेकजाँच गर्न पाउनु पर्छ । र संस्थाले सदस्य, ऋणकर्मीहरुलाई सेवा दिन कन्जुसाई गर्नु भएन ।