मोफसलका गोल्डकप फुटबलको औचित्य र यथार्थ
Monday, April 4th, 2022, 11:22 am
Kalpristha
जी. थापा
नेपालगन्ज, २० चैत
शीर्ष डिभीजनको लिग सकिएसँगै मोफसलमा फुटबलको माहोल तातेको छ । आहा रारा गोल्डकप, खप्तड गोल्डकप, राजर्षि जनक गोल्डकप, झापा गोल्डकपमा मनाङ, आर्मी, एपीएफ, पिपले युवा क्लबले उपाधि जिते पनि मछिन्द्र, एनआरटी, शंकटाजस्ता ठूला क्लबहरुमाथि जित निकाल्दै सर्लाहीको बागमती युुवा क्लबले दर्शकको मन जित्न सफल बनेको छ ।
पछिल्लो समय कोभिडको कारण लिग संचालन नहुँदा मोफसलमा आयोजित प्रतियोगिताहरुले नै नेपाली फुटबललाई चलायमान बनाएको थियो । इलाम, झापा, धरान, इटहरी, विराटनगर, पोखरा, सिमरा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी जस्ता फुटबलको क्रेज भएका शहरहरुमा गोल्डकप प्रतियोगिताहरु आयोजना गरिँदा उपत्यका केन्द्रित फुटबललाई मोफसलसम्म तान्न सक्नु पनि एक प्रकारलेफुटबलको विकेन्द्रीकरण कति आवश्यक छ भन्ने कुरालाई छर्लङ पारेको छ ।
त्यसो त एन्फाले केन्द्र, प्रदेश र स्थानीय तहका लिग फुटबलको मोडालिटी स्पष्टसँग प्रस्तुत गर्न नसकेकै कारण गत वर्ष प्रदेश लिगमा चौथो स्थानसम्म हासिल गरेका चार क्लबहरु राष्ट्रिय लिग खेल्नबाट वञ्चित भएका छन् । कहिले डबल लिग, कहिले सिंगल लिग, कहिले राष्ट्रिय लिग, कहिले होम र अवेको आंशिक अभ्यास गरेर लिग जस्तो फुटबलको महत्वपूर्ण प्रतियोगितालाई वर्षेनी प्रयोग गरेर हेर्नु पनि आपैंmमा हास्यपद छ ।
गोल्डकपको व्यस्त तालिकाले एनएसएल छायाँमा
उपत्यकाबाहिर दमक र सिमरामा प्रतियोगिता चलिरहँदा इटहरी, विराटनगर, धरानजस्ता ठूला शहरहरु गोल्डकप आयोजनाको तयारीमा जुटेका छन् । यस पटककोखप्तड गोल्डकप र झापा गोल्डकपकोखेलतालिका जुध्दा झापा पुगेको आर्मी र धनगढी पुगेको मनाङको उपाधि मिसन सार्थक नै रह्यो । पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म फुटबलको राप ताप बढेसँगै बहुप्रचारित नेपाल सुपर लिग (एन.एल.एल.) को चर्चा सेलाउँदै गएको भान हुन्छ ।
चालू सिजनको लिग सकिए पनि ए डिभीजन क्लबहरुले खेलाडीहरुसँग गरेको सम्झौताको अवधि र मोफसलका प्रतिष्ठित गोल्डकप खेल्न बाँकी नै रहेको अवस्थामा एनएसएल आबद्ध क्लबहरुले समन्वय बिना अंकसनमार्पmत खेलाडी अनुबन्द गर्दै गर्दा एन्फा वृत्तमै एनएसएल आयोजनाको औचित्यमाथि प्रश्नहरु उठ्न थालेपछि परिस्थिति गम्भिर बनेको हो । एन्फाले असन्तुष्ट ए डिभीजन क्लबहरु र एनएसएल पदाधिकारीबीच छुटृा छुटृै बैठक र छलफल गरे पनि एनएसएलको ग्रेडिङबारे स्पष्ट निर्देशिका नबनेको र पछि गएर फ्रेन्चाईज मोडेलमा भित्रिएको नेपाल सुपर लिग नै माथिल्लो स्तरको लिग कायम भएमा के गर्ने भन्ने अस्पष्टताको कारण पनि शीर्ष डिभीजनका क्लबहरु सशंकित हुनु स्वभाविकै हो ।
बागमती युवा क्लबको उत्कृष्ट प्रदर्शन
सी डिभीजनको तयारी गरिहेको सर्लाहीको बागमती युवा क्लब नकआउट प्रतियोगिताहरुमानाम चलेका क्लबहरुको लागि चुनौती बनेको छ । उत्कृष्ट प्रदर्शन गर्र्दै आएको बागमती युवा क्लबले मछिन्द्र, एनआरटी, शंकटाजस्ता बलिया प्रतिद्धन्दीलाई पराजित गरेर मोफसलमा जारी गोल्डकपमा आप्mनो छुटृै पहिचान बनाएको छ ।बागमती युवा क्लबको पद चिन्हलाई पछ्याउँदै हालै राजर्षि जनक गोल्डकपको फाइनलमा हेटौडाको स्थानीय पिपले युवा क्लबले लिग लिडर मछिन्द्रलाई ट्राब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि हत्याएको छ ।
गोल्डकप नयाँ खेलाडी उत्पादनमानिरीह
गोल्डकपले देशभर फुटबलको रौनकता बढाएको मान्न सकिन्छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल गरी तीन वटा खेल खेलेर कसरी प्रतिभावान खेलाडीको पहिचान गर्ने ? यसतर्पm गोल्डकप आयोजक निरीह बनेका छन् । प्रतियोगिता सफल हुँदैमा गर्भ गर्नुभन्दा पनि देशभर आयोजित गोल्डकपले कति वटा राष्ट्रिय खेलाडी उत्पादन गर्न हातेमालो ग¥यो भन्ने हो ।
कुनै समय नियमित लिग आयोजना नहुँदा शुभ जन्मोत्सव गोल्डकप, तत्कालीन महेन्द्र गोल्डकप, नर ट्रफी, भेरी शिल्ड जस्ता नाम प्रतिष्ठित गोल्ड कपले राष्ट्रिय खेलाडी उत्पादन धानेको थियो । अहिलेको गोल्डकप खेलाडी उत्पादन भन्दा पनि प्रचारमुखी, प्रायोजनमुखी र कम खर्चिलोको नाममाभलिबल प्रतियोगिता जस्तै शुरु भयो भन्दै गर्दा सकिएभैm ४÷५ दिनमै सकिने खालको भएको हुँदा स्तर खस्कनु अस्वभाविक होइन । वर्षेनी आयोजना हुने दर्जनौ गोल्डकपले फुटबल वृत्तमा के कस्तो परिवर्तन ल्याएको छ ? वा भनौं खेलाडी र सहभागी क्लबहरुलाई गोल्डकपले के प्रभाव पारेको छ ? ढिलो चाँडो मोफसलमा आयोजना हुने गोल्डकप प्रतियोगिताको औचित्य र यथार्थ खोज्नुपर्ने नै हुन्छ । अन्यथा, नेपाली फुटबलको स्तर गोल्डकपमै सीमित हुनेछ । देशले नयाँ हरि खड्का, बसन्त थापा देख्न पाउने छैनन् ।