एमालेलाई जनताले सजाय दिनुपर्छ : बरिष्ठ नेता खनाल
Monday, April 4th, 2022, 9:00 pm
Kalpristha
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का बरिष्ठ नेता झलनाथ खनाललेसंसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सजाय दिनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कार्यसमिति दाङले सोमवार घोराहीमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने पटक पटक संविधानको अपमान गर्ने अपराधीलाई निर्वाचनका माध्यमबाट जनताले दण्डीत गर्नुपर्ने बताएका हुन ।
ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रूपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै बरिष्ठ नेता खनालले नेपाली जनताले उनलाई निर्वाचनको माध्यमबाट सजाय दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा केपी ओलीले जनताबाट ठुलो सजाय पाउनुपर्ने भन्दै एमालेको बाकसमा जनताले जिरो दिनुपर्ने बताए ।
‘संविधानका प्रावधानहरूको विरुद्ध गएर संसद् विघटन गर्ने र दक्षिणपन्थी भडकावमा जाने अपराधको कुरा हो’,नेता खनालले भने,‘संविधान उलंघन गर्दा एउटा सामान्य मान्छे जेल जान्छ । तर संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारणअब यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठुलो सजाय पाउनुपर्छ । र, उनको बाकसमा जनताले जिरो मत दिनुपर्छ ।’ जनताको मतको पटक पटक अव्मुल्यन गर्ने दोषीलाई कारवाही गर्ने उपयुक्त समय आएको भन्दै उनलेनिर्वाचनमा भोट नदिएर स्थानीय तहबाट एमालेलाई खाली गर्न जनतालाई आग्रह गरे ।
उनले नेकपा एमालेलाई पार्टी नभई अदालतले बनाइदिएको गुट भएको भन्दै गुट आउने स्थानीय तहको निर्वाचनमा सकिने बताए । ‘एमाले र एकिकृत माओवादी मिलेर नेकपा बन्दा एमाले समाहित भएको हो । अहिले एमाले पार्टी छैन्’,बरिष्ठ नेता खनालले भने,‘केपी ओलीले नेतृत्व गरेको अदालतबाट बनेका दक्षिणपन्थी अवसरवादीहरुको गुट हो ।’
त्यसैगरी नेता खनालले एमाले र दक्षिणपन्थीहरुको साठगाठ बढेको भन्दै निर्वाचनमा दरवारीयासँग गठबन्धन भए आश्चर्य मान्न नपर्ने बताए । सत्तारुढ दलहरु निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेपछि निर्वाचनमा हार्ने र सकिने डरका कारण केपी ओली राप्रपा, लोसपा र सिके राउतसँग गठबन्धनका लागि छलफल गरिरहेको आरोप लगाए ।‘निर्वाचनबाट डराएका केपी ओलीले तालमेलका लागि राप्रपा, लोसपा र सिके राउतसँग भेटघाट र छलफल गरिरहेका छन्’,नेता खनालले भने,‘निर्वाचनका लागि भोली गठबन्धन बने केही आश्चर्य मान्नु पर्दैन ।’ उनले गठबन्धनका माध्यमबाट आगामी निर्वाचनबाट पार्टीको संगठनबढाउने गरि स्थानीय तहदेखि केन्द्रसम्म छलफल चलाउन समेत पार्टीका नेताहरुलाई आग्रह गरे । गठबन्धनका नाममा एकीकृत समाजवादी पेलिएर जान तयार नरहेको भन्दै सम्मान जनक हैसित आवश्यक रहेको बताएका थिए ।
.
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज भागवत विश्वासीलेदक्षिणपन्थी अवसरवादीहरुलाई परास्त गर्ने सही समय आएको भन्दै निर्वाचनमा केन्द्रीय हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । उनले अहिले आफ्नो पार्टी संघर्षको मैदानमा रहेको भन्दै संघषर््ाकै मैदानबाटै विजय प्राप्त गर्ने समेत बताएका थिए ।
कार्यक्रममा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले संसदीय प्रणालीका दुष्मण केपी शर्मा ओलीलाई स्थानीय तहको निर्वाचनका माध्यमबाट परास्त गर्नुपर्ने अबस्था आएको बताए । त्यसका लागि पाँच दलिय गठबन्धन निर्माण भएको भन्दै उनले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म कायम राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर रानालागयतले सम्बोधन गर्दै बैकल्पिक शक्तिका रूपमा उदाएको पात्तिएकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मीना गुरुङले गरेकी थिइन ।