केन्द्रीय पदाधिकारीलाई स्वागत
Monday, April 4th, 2022, 9:04 pm
Kalpristha
बासले नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई केन्द्रीय कार्यालयमा स्वागत गरेको छ । बास नेपालको चैत्र १८ र १९ गते नेपालगन्जमा सम्पन्न ९औं महाधिबेशनबाट निर्विरोध निर्वाचित केन्द्रीयकार्य समितिलाई फुलमाला र अबिरले स्वागत एवम् बधाई ज्ञापन गरेको हो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बासका नवनिर्वाचित अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा रहेको समितिलाई स्वागत गरिएको छ ।
स्वागतपछि केन्द्रीय अध्यक्ष बुढाथोकीले बासको समिति ऐतिहासिक रुपमा सर्व सम्मत भएको बताइन् । उनले सबैको भावना र क्षमताअनुरुप संस्थाको अभियानलाई अगाडि बढाउने बताइन् । उनले केन्द्रीय कार्यालयले गरेको स्वागतले थप जिम्मेवार बनाएको बताइन् ।
कार्यालयमा बोल्दै बासका निर्वतमान अध्यक्ष संस्थाको नेतृत्व हस्तान्तरणलाई सर्व सम्मत चयन गर्न सफल भएको बताए । उनले अहिले सशक्त समिति रहेको भन्दै यो अवधिमा संस्थागत प्रगति बढ्दै जाने बताए । संस्थाको भवननिर्माणलगायत संस्थागत कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।
कार्यक्रममाबोल्दै बासका केन्द्रीयउपाध्यक्षशिवकुमार बर्माले संस्थाले महिला नेतृत्वपाएकोमानिकै खुसीलागेको बताए । उनले उपाध्यक्षको हैसियतले आफुले संस्थागत सुदृद्धीकरणमा बिशेष ध्यानदिने प्रतिबद्धता गरे ।
कार्यक्रममाबोल्दै बासका केन्द्रीयमहासचिबखुमेश सुबेदीले संस्थाको केन्द्रीयकार्य समिति र ब्यवस्थापन समिति संग सगै अगाढी बढेमामात्रै संस्थाले सफलताहासिल गर्ने बताउदै सो कुरामाध्यानदिने बताए । उनले संस्थागतब्यवस्थापनलाई थपअब्बलबनाउनआफ्नो भूमिका रहने प्रतिबद्धता गरे । बासका केन्द्रीय सदस्य सुरेन्द्र बहादुर शाहीले असलशासनको यात्रालाई निरन्तरतादिने प्रतिबद्धता गरे । सो क्रममाबासका केन्द्रीय सचिबदिलाशाह, कोषाध्यक्षकल्पनाअधिकारी, प्रदेश नम्बर १ का संयोजक सुमन पनेरु, लुम्बिनीप्रदेश संयोजक खेम बिष्ट, केन्द्रीय सदस्यहरु युबराजजंगशाह, मनमोहनबर्मा, तपेन्द्र बहादुर मलातीले बोलेका थिए ।
बासकानिर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागतबासका श्रोत ब्यक्ति मन भण्डारीले गरेका थिए । संस्थाको पृष्ठभूमिका बारेमा संक्षिप्तजानकारी दिदै कार्यक्रममा सभाध्यक्षबासकाकार्यकारी निर्देशक नमस्कार शाहले बासलाई यो उचाई सम्म पुर्याउन महत्वपूर्ण योगदान गर्ने पदाधिकारीहरुको स्मरण गर्दै सबै प्रतिआभार प्रकट गरेका थिए ।