ओरालोतर्फ नेप्से
Monday, April 4th, 2022, 9:06 pm
Kalpristha
सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट देखिएको छ । आइतबार पनि सेयर बजार ३०.८९ अंकले ओरालो लागेको थियो ।
कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको हो ।नेप्सेमा २५ सय १२ अंकको विन्दुबाट कारोबार सुरू भएको थियो । जसमा अन्तिम कारोबार समयअवधिसम्ममा ०.५९ प्रतिशतको गिरावट आएको हो । आज कारोबार रकम पनि उल्लेख्य छैन ।
कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । यसक्रममा आज सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा कम्पनी समूहमा २०० अंकको गिरावट आएको छ ।
आइतबार कारोबारको दिन बजारमा तीव्र उतारचढावबीच बजार ३१ अंक तल ओर्लिएको थियो । आइतबार २५४४.३० परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५१३.४१ अंकमा पुगेर बजार बन्द भएको छ ।
जसमा करिब ५ अर्बको कारोबार भएको बजारमा कारोबार भएका २ सय २५ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । साथै ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर २८ हजार १ सय १३ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।