एनआरएन अध्यक्ष डा. पौडेलद्धारा सबैमा धन्यवाद ज्ञापन
Tuesday, March 21st, 2017, 2:58 am
amit
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
एनआरएन अमेरीकालाई अझ बलियो बनाउन सदस्यता बिस्तारमा लाग्ने बोर्ड र च्याप्टर सदस्य, सल्लाहकार सदस्य, एनआरएन अभियन्ता, बिभिन्न सामाजिक संघ संस्था, बुद्धिजिवी, पत्रकार सबैमा धन्यवाद ज्ञापन गर्दछु अध्यक्ष डा. पौडेलले भन्नुभएको छ ।
अध्यक्ष डा. पौडेलले सामाजिक संजालमार्फत सबैलाई धन्यवाद तथा बधाई दिंदै करिब १७ हजारको हाराहारीमा बनेको सदस्य संख्याले एनआरएन अमेरीकालाई अझ बलियो रुपमा प्रस्तुत गरेको बताउनुभएको हो ।
आइतवार राती सम्म एनआरएन अमेरीकाको सदस्य बन्न समय तोकिएकोमा १६ हजार ८ सय ८१ सदस्य बनेका छन् । यो संख्यालाई छानबिन गरि निर्वाचन आयोगलाई अन्तिम सदस्या संख्या दिन एनआरएन अमेरीकाले छानबिन समिती पनि गठन गरेको छ ।
एनआरएन अमेरीकाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितीमा सिपी पौडेल, प्रमोद सिटौला, हरिहर दाहाल, नवराज खड्का, पासाङ लामा र बिनोद तिवारी सदस्य छन् । यो समितीले १५ दिनभित्र छानबिन सकेर अन्तिम सदस्य संख्या निर्वाचन समितीलाई बुझाउनुपर्नेछ ।