एनआरएन सदस्यता छानबिन निश्पक्ष हुन्न भन्नुको तुक छैन : पौडेल
Tuesday, March 21st, 2017, 5:22 am
amit
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको केन्द्रिय सदस्यता छानबिन समितीले सदस्यता छानबिन निश्पक्ष ढंगले हुने बताएको छ ।
छानबिन निश्पक्ष नहोला की भन्ने ढंगबाट प्रचार गरिएको भन्दै छानबिन समिती सदस्य सिपी पौडेलले एनआरएन को लागी योग्यता पुगेका सबैलाई सदस्यता दिने भएकोले अरु बखेडा झिक्नुको कुनै तुक नभएको बताउनुभयो । एनआरएन अमेरीकाका सबै च्याप्टरहरुमा सदस्यता भेरीफिकेशनका लागी अर्को छुट्टै समिती पनि हुन्छ त्यहा अर्थात च्याप्टरमा भेरिफाई भइसकेपछि केन्द्रिय समितीमा आउने हो सदस्य पौडेलले भन्नुभयो- “यो प्राबिधिक विषय भएकोले सदस्यता छानबिनमा कुनै शंका गर्ने ठाउं नै छैन् । ”
नेपाली कांग्रेस सम्बद्ध भएपनि जन सम्पर्क समिती अमेरीका 501(C)3 अनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएको र त्यसमा आफुहरु बिभिन्न पदमा रहेपनि पदमा भएकै कारण सदस्यता छानबिन निश्पक्ष हुदैन भन्नु कमजोर मानसिकताको उपज भएको पौडेलको दावी छ ।
म र प्रमोद सिटौला जन सम्पर्कका बिभिन्न पदमा छौं पौडेलले भन्नुभयो – “यहां सबै कुनै न कुनै राजनीतिक दलमा आवद्ध छन र दलमा आवद्ध भएकै कारण कुन आधारमा निश्पक्षता हुदैन भन्ने ।”
सदस्यता छानबिन समितीले कुनै राजनीतिक दल, कुनै जातजाती, लिंग या क्षेत्र तथा अरु कुनै कारण पनि भेदभाव नगरेर एनआरएनको मापदण्ड अनुसार काम गर्ने उहांले बताउनुभयो ।
आइतवार एनआरएन अमेरीकाको बोर्ड बैठकले ७ सदस्यिय केन्द्रिय सदस्यता छानबिन समिती गठन गरेपछि छानबिन निश्पक्षताको पश्न उठाउंदै प्रचारबाजी भएपछि छानबिन सदस्य पौडेलको यस्तो भनाई आएको हो । बोर्ड बैठकले एनआरएन अमेरीकाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानबिन समितीमा पौडेलका अलावा प्रमोद सिटौला, हरिहर दाहाल, बिनोद तिवारी, पासाङ लामा र नवराज खड्का सदस्य छन् ।
छानबिन समितीले १५ दिनभित्रमा सदस्यता छानबिन गरि अन्तिम सदस्यता नामावली निर्वाचन समितीमा पठाईसक्नुपर्नेछ ।
(फोटो साभार हिमालयखबर)