एमविविएसमा नाम निकालेका न्यौपानेलाई आदर्शको सम्मान
Wednesday, April 6th, 2022, 9:35 pm
Kalpristha
चिकित्सा शिक्षा आयोगद्वारा प्रकाशित शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाअन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षा उत्तिण गर्ने कृष्ण प्रसाद न्यौपानेलाई आदर्श स्कुलले सम्मान गरेको छ । उनी आदर्शका विद्यार्थी हुन । न्यौपानेले पूर्ण छात्रवृत्तिअन्तर्गत देशैभरि मध्ये एक सय ८२औं मा नाम निकाल्न सफल भएका हुन् ।
आयोगले गत चैत १८ गते एमविविएसका लागि प्रवेश परीक्षा लिएको थियो । परीक्षामा देशभरबाट १७ हजार चार सय ६७ जनाले सहभागिता जनाएका थिए । जसमा छेडागाड नगरपालिका–१०, जाजरकोटका न्यौपानेले पूर्ण छात्रवृत्तिमा उत्तिर्ण हुन सफल भएका छन् ।
आदर्श माविमा कक्षा नौदेखि अध्ययनरत न्यौपानेले शैक्षिक सत्र २०७६÷७७ मा आदर्शबाटै विज्ञान संकायबाट उत्तिर्ण गरेका थिए ।
प्रवेश परीक्षाको नतिजापश्चात आर्दशले न्यौपानेलाई सम्मान गरेको छ । आदर्शले उनलाई सम्मानसहित उज्वल भविष्यका लागि अझ मिहिनेत गर्न न्यौपानेलाई हौसला प्रदान गरेको हो ।
आदर्श माविमा आयोजित कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक वीरमान केसी, विज्ञान विषय संयोजक चेत चापागाई, विद्यालयका सल्लाहकार प्रकाश लामिछानेलगायतले न्यौपानेलाई सम्मान गरेका हुन् ।
सम्मानपश्चात न्यौपानेले आफूलाई थप हौलसा बढेको बताए । उनले उज्वल भविष्यका लागि आफूले कडा मिहिनेत गर्ने बताए ।