वर्षेनि वायु प्रदुशणबाट नेपालमा ३७ हजारको मृत्यु
Thursday, April 7th, 2022, 6:48 pm
Kalpristha
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो । काठमाडौं सहर विश्वका सात प्रदुशित सहरमा पनि पर्ने गरेको छ ।
यसै सन्दर्भमा बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुद्वारा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा वर्षेनि नेपालमा वायु प्रदुषणले गर्दा ३७ हजार ६ सय ८३ जनाको मृत्यु हुने जनाइएको छ ।
त्यस्तै सुर्तीजन्य रोगबाट २७ हजार एक सय जनाको अकालमै मृत्यु हुने गरेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संभाजीराव पाण्डवले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य एक रहेको बताएका छन् । तर वायु प्रदुषणले धेरै मानिसहरुको मृत्यु भई रहेको उनले बताए ।
राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष वातावरणीय प्रदुशणका संसारभर १३ लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गर्दछ । साथै विश्वमा प्रत्येक वर्ष प्रदुषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको मृत्यु हुने गरेको छ ।