माइती नेपालले मनायो ३०औं स्थापना दिवस
Thursday, April 7th, 2022, 8:50 pm
Kalpristha
‘हाम्रो आवाज चेलिबेटि बेचबिखन बाट मुतm समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालको ३० औ स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध विद्यालय स्तरिय अभिमुखिकरण युद्ध संस्कृत माबिनेपालगन्जमा गरिएको थियो ।
यसै बिहिबार नेपाल भारत सिमाना जमुनाहा बोर्डर लगायतका बिभिन्न स्थानमा सडक अन्तरक्रिया सहित जनचेतना मुलक पोष्टर, पम्पलेट टास्नुका साथै सुचना एवम चेतना मुलक सन्देशहरु वितरण, प्रशारण गरिएको थियो ।
समुदायस्तर सम्म स्थानीय विद्यार्थी, युवा,अभिभावकसमेतको समुह गठन गरि थप सशक्तिकरणपरिचालन, सरकारी र गैर सरकारी निकायहरु समेतको दायित्वबोध एवम क्रियासिलतामा बृद्धि, अन्तरदेशीय संयन्त्र निर्माण एवम परिचालन गर्दै मानव बेचबिखन बिरुद्ध निर्मित ऐन नियम हरु समेतको आवश्यक्ता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्यनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ ।
‘२०४९ साल चैत्रमा हाम्रो आवाज ः चेलिबेटि बेचबिखन बाट मुतm समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालले संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु समुदायस्तर सम्म पुगेर संचालन गर्नुका साथै नेपालका बिभिन्न मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगायतका देशहरुमा यौन एवमश्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवसिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै सीप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगायतका कार्य गर्दै आइरहेको छ ।
यस बर्ष माइती नेपालले जोखिम पुर्ण अवस्थामा रहेका ४९९ जना महिला र बालवालिकालाई नेपाल भारत सिमाना जमुनाहा नाका बाट नेपाल प्रहरी समेतको सहयोगमा उद्धार गरेको थियो । भारत तथा खाडि मुलुक समेत बाट १० जना लाई उद्धार गरेको संस्थाले जनाएको छ ।
यस वर्षको अवधिमा संस्थाले ५२६ जनाको खोज तलास तथा उद्धारको निबेदन परेकोमा २१३ जना फेला परेको थियो भने घरेलु हिंसाका १८ वटा घटनामा परामर्श प्रदान गरेको माइती नेपाल नेपालगन्ज प्रमुख केशव कोइरालाले बताए ।