उमा र प्रशान्त मेयरको दौडमा अगाडि
Thursday, April 7th, 2022, 8:54 pm
Kalpristha
उप–मेयर भएर काम गरेका कारण उमाले नगरको विकास र समस्यालाई राम्ररी बुझेकी छिन् । आफ्नो कार्यकालका केहि अपुरा कामलाई सम्पन्न गर्दै नगरलाई समृद्ध बनाउने एजेन्डासहित उमाले मेयरमा दाबि गरिरहेकी छिन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिको सदस्यसमेत रहेकी उमा पछिल्लो समय पार्टीमा उदयीमान महिला नेतृकारुपमा देखिएकी छिन् ।
नेपाली कांग्रेसका नगर सभापति विष्ट संगठन भित्र बलियो पकड राख्ने नेता हुन् । उनले स्थानीय निर्वाचन हुनुअघि नेपालगन्ज नगरमा कांग्रेसको प्रतिनिधिका रुपमा बोर्डमा बसेर काम गरेका छन् । पार्टीभित्र गुट, उप–गुटको समन्वय गर्ने, युवाहरुलाई सम्बोधन गर्दै सबै जात वर्ग सबैलाई समेटन सक्ने भएका कारण आफूले मेयरमा दाबी गरेको बताउँछन् विष्ट ।
नेपालगन्ज उप–महानगरपालिका कांग्रेसको पकड भएको नगर हो । गएको स्थानीय निर्वाचनमा कांग्रेसकी नेतृ उमा थापामगरले उप–मेयरमा जित्दा कांग्रेसबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए डा. सुरेश कनोडियाले । त्यतिबेला उनले हारको सामना गरे । तर कांग्रेसले उप–मेयरसहित २३ वटा मध्ये ८ वटा वडामा जित हासिल गरेको थियो ।
निर्वाचनमा पार्टीभित्रबाट अन्तरघातको सामना गरेका कनोडियालाई कांग्रेसको ग्रासरुट र स्थानीय केहि शिर्ष नेतृत्वले रुचाएनन् । सार्वजनिक रुपमा त्यतिधेरै देखिन नरुचाउने कनोडियाले अन्तत हारको सामना गरे । यसपटक नेपालगन्ज नगरमा कसले मेयरको टिकट पाउँला भनेर धेरैले अनुमान लगाइरहेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको विर्नाचनको दिन नजिकिँदै गर्दा नेपालगन्जमा कांग्रेसबाट मेयरको मुख्य प्रतिस्पर्धामा देखिएका छन्, उपमेयर उमा थापामगर, प्रशान्त विष्ट र सुरेश कनोनिडया ।
स्रोतका अनुसार अहिले कनोडिया मेयर दौडमा अलि पछि परेका छन् । कांग्रेसमा कोइराला पक्षका केहि नेताले कनोडियालाई संघीय सांसदमा वा समानुपातिकमा बस्न सुझाव दिइरहेका छन् । मेयरमा धवलसँग हारेपछि कनोडियाले नेपालगन्ज नगरमा प्रतिपक्षका रुपमा आफूलाई प्रस्तुत गर्न नसकेको उनलाई आरोप छ । तर कांग्रेसको सभापति निकट मानिने कनोडिया पुनः एकपटक मेयरको दाबेदारका रुपमा प्रस्तुत भई रहेका छन् ।
कनोडिया मेयरको दौडबाट पछि हटेको अवस्थामा विद्यार्थीकालका सहकर्मी उमा र प्रशान्तबीच प्रतिस्पर्धा हुनेछ । महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी युनियन हुँदै उमा र प्रशान्तले आफ्नो राजनीतिक करियर माथि उठाएका थिए । उमा र प्रशान्तले नेपाली कांग्रेस नेपालगन्जको नगर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा प्रशान्तले जित हासिल गरेका थिए । करिब दुई महिना पछि फेरी यी दुईबीच नेपालगन्जको मेयरमा प्रतिस्पर्धा भई रहेको छ ।
उप–मेयर भएर काम गरेका कारण उमाले नगरको विकास र समस्यालाई राम्ररी बुझेकी छिन् । आफ्नो कार्यकालका केहि अपुराकामलाई सम्पन्न गर्दै नगरलाई समृद्ध बनाउने एजेन्डासहित उमाले मेयरमा दाबि गरिरहेकी छिन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिको सदस्यसमेत रहेकी उमा पछिल्लो समय पार्टीमा उदयीमान महिला नेतृका रुपमा देखिएकी छिन् ।
नेपाली कांग्रेसका नगर सभापति विष्ट संगठन भित्र बलियो पकड राख्ने नेता हुन् । उनले स्थानीय निर्वाचन हुनुअघि नेपालगन्ज नगरमा कांग्रेसको प्रतिनिधिका रुपमा बोर्डमा बसेर काम गरेका छन् । पार्टीभित्र गुट, उप–गुटको समन्वय गर्ने, युवाहरुलाई सम्बोधन गर्दै सबै जात वर्ग सबैलाई समेटन सक्ने भएका कारण आफूले मेयरमा दाबी गरेको बताउँछन् विष्ट ।
नेपाली कांग्रेसले स्थानीय जिल्ला कार्यसमितिको रिपोर्टका आधारमा निर्वाचनमा गठबन्धन गर्ने बताउँदै आएको छ । गठबन्धन हुने अवस्था आए मेयरलगायत मुख्य पदमा पूर्व अनुमान गरेका नेताभन्दा फरकले टिकट पाउने सम्भावनालाई पनि नर्कान सकिन्न । तर नेतृत्वमा भने कांग्रेसकै सम्भावना बढी हुनेछ ।
नेपालगन्ज नगरमा कांग्रेसलाई गठबन्धनको आवश्यकता छैन । तर केन्द्रको निर्णयलाई छायाँ निर्णयका रुपमा मान्दै नेपालगन्जमा गठबन्धन हुने सम्भावना छ । नगरमा कांग्रेस बलियो भए पनि केहि कुराले उमेदवारलाई चुनाव जित्न त्यति सहज भने हुने छैन । पार्टी भित्रको गुट र अन्तरघातले कांग्रेसमा जरा गाडेको छ । जसका कारण साझा नेतृत्व बन्न नसक्ने कांग्रेसको नेतालाई स्थानीय निर्वाचन जित्न पक्कै पनि चुनौति हुन सक्नेछ ।