प्रहरीविरुद्धको उजुरी लिनै मान्दैन बाँके प्रहरी
Wednesday, April 13th, 2022, 10:40 am
Kalpristha
जनताको सुरक्षामा खटिएको प्रहरीले नै सरकारी अधिकारीमाथि गरेको दुव्र्यहारको घटना बारेमा बाँके प्रहरी मौन बसेको छ ।
प्रहरीले सार्वजनिक रुपमा नेपाल वायुसेवा निगमका कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै दुव्र्यहार गरेका थिए । तर त्यसको बारेमा प्रहरीले उजुरी नै नलिएर लुकाउने प्रयास गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले घटनालाई सामान्य रुपमा लिएको छ ।
राझाँ स्थित नेपालगन्ज विमान स्थलको सुरक्षामा खटिएका प्रहरीले गरेको दुव्र्यहारको उजुरी समेत लिन बाँके प्रहरीले मानेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी विरुद्ध परेको उजुरीलाई लुकाउन खोजेको आरोप छ ।
नेपाल वायुसेवा निगमको नेपालगन्ज स्थित कार्यालयका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले आफुमाथी भएको हातपात र दुव्र्यहारको बारेमा प्रहरीले अनुसन्धान नै नगरेको आरोप लगाए ।
उनले आफुमाथि भएको अन्यायको बारेमा प्रहरी, प्रशासनलाई जानकारी गराएपनि त्यसको सुनवाई नभएको बताए ।
क्षेत्रीय प्रबन्धक किरणमान माथि विमानस्थलको सुरक्षामा खटिएका प्रहरी सहायक निरिक्षक नबराज बमले दुव्र्यहार गरेका थिए ।
गत चैत १८ गते विहान ५ बजेर ४५ मिनेटमा विमानस्थलको टर्मिनल भवनको प्रवेशद्धारमा नेपाल वायुसेवा निगमको जहाजमा नेपालगन्जदेखी ताल्चा(रारा) जान लागेको १५ जना यात्रीलाई सहायक निरिक्षक बमले टिकट माग्दै रोकेको थिए ।
नेपाल एयरलायन्सको बोडिङ पास बोकेर उभिएका यात्रीलाई टिकट नभएसम्म विमानस्थलभित्र छिर्न नदिने भन्दै बमले रोकेका थिए ।
बमले आफ्नो एयरलायन्सका यात्रीलाई रोकेपछि टर्मिनल नजिक पुगेका क्षेत्रीय प्रबन्धकलाई बमले अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । बमले पछि नेपाल एयरलायन्सको काउन्टरमै गएर अपशब्द प्रयोग गर्दै बायुसेवा निगमका क्षेत्रीय प्रबन्धक किरणमानलाई दुव्र्यहार गरेको एक प्रत्यक्षदर्शीले कालपृष्ठ दैनिकलाई बताए ।
प्रहरीबाट यस्तो दुव्र्यहार फेरी नहोस भनेर निवेदन दिएपनि बाँके प्रहरीले वास्ता नगरेको पिडित श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफुले दिएको उजुरी हस्ताक्षर गरेर आफ्नो टेबलमा राखेपनि त्यसको सुनवाइ नभएको श्रेष्ठले गुनासो गरे । उनले भने,‘प्रहरीले नेपाल सरकारको एउटा जिम्मेवार व्यक्तिमाथि अपशब्द र दुव्र्यहार गर्नु दुखद पुर्ण घटना हो । विमानस्थलको सुरक्षामा खटिएको प्रहरीको यस्तो कार्य निन्दनीय छ । यसलाई रोक्नको लागि पनि मैले निवेदन दिएको हो । एसपी साबले दोषी प्रहरीलाई बोलाएर छलफल गर्छु भन्नु भएको थियो । तर अहिले सम्म केहि भएन ।’
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले उजुरीको बारेमा आफुलाई जानकारी नभएको बताए । उनले भने,‘मैलेपनि समाचार माध्यममा हेरेको हुँ । तर त्यसको बारेमा यहाँ उजुरी परेको छैन । पिडित पक्षलाई मलाई भेट्न कार्यालयमा पठाइदिनुहोस हामी आवश्यक अनुसन्धान गछांै ।’
प्रहरीद्धारा भएको दुव्र्यहारको बारेमा छानबिन गर्नका लागि आफु मानव अधिकारकर्मी र अदालत सम्मजाने तयारीमा रहेको क्षेत्रीय प्रबन्धक श्रेष्ठले बताए । उनले भने,‘म माथि कुनै गल्ती बिना कसैले दुव्र्यहार, अपशब्द प्रयोग गर्छ भने त्यसलाई कानुनी रुपमा कारबाही हुनुपर्छ । मेरो अधिकारको हनन भएको छ । प्रहरीको यस्तो कार्यको बारेमा हामीले सम्बन्धित निकायलाई जानकारी गराउनै पर्छ ।’