कांग्रेसबाट नेपालगन्जको मेयरमा १४ आकांक्षी
Thursday, April 14th, 2022, 10:07 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ वैशाख
नेपालगन्ज उप–महानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसको नगर कार्यसमितिले आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
नगर कार्यसमितिले सिफारिस गरेको पत्रमा मेयरमा १४ र उपमेयरमा ११ जना आकांक्षी देखिएका छन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जको मेयर पदका लागि क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, नगर सभापति प्रशान्त विष्ट, वर्तमान उपमेयर उमा थापा मगर, सुनिल राणा, निरञ्जन सिंह सिंजापति, डा. सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रबिन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाई, ललित रौनियार, मोहम्मद कादिर जौलाहा, दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।
यसैगरी उपमेयरमा रेणु सिंह ठाकुर, दिक्षा कोइराला, शिव कुमार बर्मा, पुर्णसिंह ठकुरी, मिना कुमारी बोहरा, नारायणी रुपाखेती, मोहम्मद कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम सिफारिस गरिएको छ । नगर सभापति प्रशान्त विष्टले क्षेत्र नम्बर २ (क)को प्रदेश कार्यसमितिलाई मेयर र उपमेयरमा निवेदन दिएका आंकाक्षीहरुको नाम सिफारिस गरेर पठाएको बताए ।
सत्ता गठबन्धन दलबिच स्थानीय निर्वाचनमा गठबन्धन गर्ने करिब पक्का भैसकेको छ । नेपालगन्ज नगरमा गठबन्धन गर्ने कुरा फाइनल भएपछि उमेदवारको बारेमा पार्टीले निर्णय गर्ने नगर सभापति विष्टले बताए ।