चिडिमार समुदायबाट उदाउँदै तिरथराम
Friday, April 15th, 2022, 9:43 am
Kalpristha
उच्च शिक्षा हासिल गर्नेको संख्या पनि निकै कम छ । सुगम सहरमा पिछडिएको परिचय बेलासपुरको । तर यँही पिछडिएको वस्तीबाट राजनितिमा अगाडी बड्दै गरेका युवा हुन तिरथराम चिडिमार । सामान्य परिवारका हुन उनी । आर्थिक अभाव र घरको जिम्मेवारीले पढाई बिचैमा छाडेर दैनिक ज्याला मजदुरमा लागेका थिए उनी कुनै बेला ।
नेपालगन्ज नगरको मुटुमा पर्छ बेलासपुर । पुरानो सहर हो यो । धम्बोझी नजिकै भएकाले नेपालगन्जको मुख्य टोलमा पर्छ । बेलालसपुर भन्ने टोलको नाम आउँदा सँगै जोडिएर आउने अर्को नाम हो चिडिमार । नेपालमा लोपउन्मुख जाती चिडिमार समुदायको बाक्लो जनघनत्व छ बेलासपुरमा । शिक्षा, रोजगार जस्ता आधारभुत कुराबाट पछि बेलासपुर ।
उच्च शिक्षा हासिल गर्नेको संख्या पनि निकै कम छ । सुगम सहरमा पिछडिएको परिचय बेलासपुरको । तर यँही पिछडिएको वस्तीबाट राजनितिमा अगाडी बड्दै गरेका युवा हुन तिरथराम चिडिमार । सामान्य परिवारका हुन उनी । आर्थिक अभाव र घरको जिम्मेवारीले पढाई बिचैमा छाडेर दैनिक ज्याला मजदुरमा लागेका थिए उनी कुनै बेला । मजदुरबाट सानो पसल हुँदै व्यापारमा अगाडी बढदै गएका युवा हुन उनी । नेकपा माओवादीबाट अघिल्लो स्थानीय निर्वाचनमा १२ नम्बरको वडा अध्यक्षमा उनले चुनाव लडेका थिए । तर सफलता भने प्राप्त गरेनन ।
आफनो वडामा पछाडी परेको मधेशी, मुस्लिम समुदायमा शिक्षा र रोजगारी सृजना गर्ने लक्ष्य सहित आफु निर्वाचनमा उमेदवार बनेको बताँछन तिरथ । उनले भने,‘१२ नम्बर वडा शिक्षा, रोजगारीका हिसाबले निकै पछि परेको वडा हो । विशेष गरी मधेशी र मुस्लिम समुदायका बालबालिकालाई निशुल्क शिक्षा, उच्च शिक्षा हासिल गर्नेलाई प्रोत्साहन र वडामै स–साना उद्योग स्थापना गर्न सके रोजगारीको समस्यालाई कम गर्न सकिन्छ । मैले जिते भने विकास निर्माणसँगै वडामा निशुल्क शिक्षा र रोजागारी सृजना गर्नु मेरो मुख्य कार्य हुनेछ ।’ आयस्तर वृद्धीका लागि आधुनिक व्यवसायिक कृषि, प्राविधिक शिक्षा जस्ता कुरामा आफुले योजना बनाएर काम गर्ने उनले बताए ।
४१ वर्षे चिरथले राजनितिक रुपमा धेरै समय वाईसिएलमा काम गरेका छन । नेकपा माओवादीको १२ नम्बर वडा कमिटि अध्यक्ष तिरथ वाईसिएलको जिल्ला उपाध्यक्ष, पार्टीको नगर कमिटि सदस्य हुँदै वाईसिएलको लुम्बिनी प्रदेश सदस्यको रुपमा राजनितिमा सक्रिय छन ।
राजनिति बाहेक उनको अर्को परिचय हो खेलाडी र व्यापार । फुलकन्टयाक्ट करातेका राष्ट्रिय खेलाडी तिरथले छैठौं र सातौं राष्ट्रिय खेलकुदमा कास्य पदक जितेका थिए । त्यसबाहेक सहयोगी आवाज(हिभ) नेपालको केन्द्रीय सदस्य, चेतना युवा क्लब मार्फत सामाजिक क्षेत्रमा पनि उनले काम गरिरहेका छन । विशेष गरी हिभ नेपालबाट उनले दुव्र्यसनमा फसेका युवाहरुलाई सहयोग गर्ने अभियानमा काम गरेको थिए । आफनो वडाको विकाससँगै समुदायको पहिचानका लागि आफनो उमेदवारी दिएको उनले बताए ।