नेपालगन्जमा निःशुल्क आँखा शिविर
Tuesday, April 19th, 2022, 8:49 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको शहरी स्वास्थ केन्द्र वडा नम्बर ९ पीलारीपुरुवा र शहरी स्वास्थ केन्द्र वडा नम्बर १० गोसाईगाउँमा निःशूल्क शिविर सम्पन्न ।
दोश्रो चरणको बृहत निःशुल्क आँखा शिविर कार्यक्रमअन्तर्गत मंगलबार मिति २०७९ वैशाख ६ गते नेपालगन्ज उप–महानगरपालिकाको शहरी स्वास्थ केन्द्र वडा नम्बर ९ पीलारीपुरुवा र शहरी स्वास्थ केन्द्र वडा नम्बर १० गोसाईगाउँमा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
शहरी स्वास्थ केन्द्र वडा नम्बर ९ पीलारीपुरुवामा ९० जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने १४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
यसैगरी शहरी स्वास्थ केन्द्र वडा नम्बर १० गोसाईगाउँमा ६२ जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने ४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल, तेजकोहली रुइत फाउण्डेशन र नेपालगन्ज उप–महानगरपालिकाको संयुक्त सहकार्यमा नेपालगन्ज उप–महानगरपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुँदैछ ।
आज भने नेपालगन्ज उप–महानगरपालिकाको शहरी स्वास्थ केन्द्र वडा नम्बर ११ भवानीवाग र स्वास्थचौकी कोरियनपुरमा निःशूल्क शिविर सञ्चालन हुँदैछ ।