चक्र नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष
Thursday, April 21st, 2022, 12:38 pm
Kalpristha
कालपृृष्ठ समाचारदाता
नेपालगन्ज, ८ वैशाख
विद्यार्थी राजनितिबाट नेपाली कांग्रेसमा सक्रिय युवा नेता चक्र बहादुर रावतले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाँकेको कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन ।
वर्तमान अध्यक्ष पुर्ण प्रसाद आचार्यले रावतलाई नेपाल विद्यार्थी संघ बाँकेको कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र प्रदान गरेका छन ।
नेपाल विद्यार्थी संघको विधान २०२६(सातौं संशोधन २०७५) बमोजिम ३२ वर्ष उमेर हदको कार्यन्वयन भएसँगैं रावतलाई बाँकेको कार्यवहाक सभापतिको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख गरिएको छ ।
नेपाल विद्यार्थी संघको विधान अनुसार अहिले ३२ वर्ष उमेर पुगेकाले कार्यसमितिमा बस्न नपाउने व्यवस्था छ । तर हाल पदमा भएकाले भने आफनो कार्यकाल पुरा गर्न पाउँछन । तर वर्तमान अध्यक्ष आर्चायको कार्यव्यवस्थता कारण रावतलाई कार्यवहाक अध्यक्ष जिम्मेवारी दिइएको हो ।
वर्तमान अध्यक्ष पुर्ण प्रसाद आर्चाय बाँके क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महासमिति सदस्यमा बनिसकेका छन ।
कार्यवहाक अध्यक्ष बनेका रावत नेपाल विद्यार्थी संघ बाँकेको वर्तमान कार्यसमितिको सचिव हुन । बाजुराबाट विद्यालय स्तरको इकाइ कमिटिको सभापति हुँदै नेपालगन्ज नारायणी उच्च माविको इकाइ सभापति भएर उनले जिम्मेवारी निर्वाह गरेका थिए । रावतले महेन्द्र बहुमुखी क्याम्पसको सह–सचिव भएर काम गरेका थिए ।
नेपाल विद्यार्थी संघको विधि र विधानमा रही संगठनको गरिमालाई उचो बनाई राख्ने विश्वासका साथ रावतलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको पुर्ण प्रसाद आर्चायले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।