नेपालगन्ज साक्षर नगर घोषणा
Thursday, April 21st, 2022, 9:09 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । बिहीबार आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव र नगर प्रमुख डा. धवलशम्शेर राणाले नगरलाई साक्षर घोषणा गरेका हुन् ।
नगर प्रम्ुख राणाले लामो समयको प्रयासपछि नगरलाई साक्षर घोषणा गरिएको भन्दै साथ दिने सबैप्रति आभार प्रकट गरे ।
जिसस संयोजक श्रीवास्तवले ५ वर्षको प्रयत्न अन्तिम समयमा सफल भएको भन्दै नेपालगन्ज साक्षर घोषणा हुने सातौं स्थानीय तह भएको बताए । नेपालगन्ज साक्षर भएपछि जिल्लाभरमै उत्साह छाएको उनको भनाइ छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाले २०७६ देखि सुरु भएको साक्षरता अभियान अहिले सफल भएको बताए । दुईवर्षअघि घरदैलोमार्फत संकलन गरिएको तथ्यांक अनुसार १५ देखि ६० वर्ष उमेर समूहका करिब २३ प्रतिशत निरक्षर रहेकोमा साक्षर अभियानपछि निरक्षरहरुको संख्या ५ प्रतिशत भन्दा कममा झरेको जानकारी दिए ।
कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धीसागर सुवेदी नगर शिक्षक महासंघका अध्यक्ष मनोजराजा श्रीवास्तव लगायतले शुभकामना ब्यक्त गरेका छन् ।