एमालेको १९ बुँदे प्रतिबद्धता सार्वजनिक
Friday, April 22nd, 2022, 4:17 pm
Kalpristha
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेकपा एमाले नेपालगन्ज नगरले १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर चुनाबका लागि एमालेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
सम्मेलनमा नेकपा एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले आफूले पुरा गर्न सक्ने प्रतिबद्धता जनता सामु ल्याएको बताए । उनले ठुला–ठुला प्रतिबद्धता गरेरमात्र नहुने बताउँदै नेपालगन्जवासीको हित हुने प्रतिवद्धता व्यक्त गरेको बताए ।
एमालेले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्र्धाी बनाइने, स्वास्थ्य सेवा गुस्तरीय र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकास, फोहोरमैला व्यवस्थापन र सरसफाइ, ग्रीन सिटी परियोजना, सडक तथा यातायात, आवास व्यवस्था, केषि तथा पशुपन्क्षी, पर्यटक पूर्वाधार विकास तथा प्रवद्र्धन, महिला समानता र सशक्तीकरण, गरिबी निवारण, वत तथा वातावरण एवम् विपद् व्यवस्थापन, युवा तथा खेलकुद, सूचना तथा सञ्चार प्रणालीलगायतका विषयमा उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको प्रतिवद्धता पत्र :

.

.

.

.

.

.

.

.

.

..