खजुरामा पायनिरयको सेवा केन्द्र विस्तार
Saturday, April 23rd, 2022, 6:41 pm
Kalpristha
पायनियरले खजुरामा सुरुआत गरेको दोस्रो सेवा केन्द्र हो । यसअघि पायनियरले कोहलपुरमा आफनो पहिलो सेवा केन्द्र सुरुआत गरेको थियो । पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अब छिटैं बैजनाथ गाउँपालिकामा तेस्रो सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० वैशाख
पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाँकेको खजुराका सेवा केन्द्र विस्तार गरेको छ । पायनियरले खजुरामा शनिबार स्वास्थ्य शिविरको आयोजना गर्दै औपचारिक रुपमा सेवा केन्द्रको सुरुआत गरेको हो ।
पायनियरले खजुरामा सुरुआत गरेको दोस्रो सेवा केन्द्र हो ।
यसअघि पायनियरले कोहलपुरमा आफनो पहिलो सेवा केन्द्र सुरुआत गरेको थियो । पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अब छिटैं बैजनाथ गाउँपालिकामा तेस्रो सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताएको छ ।
बचत तथा ऋण सहकारी भएपनि पायनियरले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर आर्थिक कारोबार गरिरहेको बताउँछिन पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष शशी स्वाँर ।
उनले भनिन,‘शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्ने हाम्रो मुख्य लक्ष्य हो । त्यसका लागि सहकारीले सहयोग गर्नेछ । खजुरामा आज सेवा केन्द्र विस्तार गर्ने क्रममा पनि हामीले स्वास्थ्य शिविर गरेर सुरुआत गरेका छौं । खजुरामा सोचे भन्दा राम्रो भएको छ, यसले हामीलाई थप उत्साही बनाएको छ ।’
केहि दिन अघि देखी काम सुरु गरेपनि शनिबार सहकारीको औपचारिक रुपमा उद्घाटन गरिएको अध्यक्ष स्वाँरले बताइन ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ काम गरिरहेको सहकारीले शनिबार खजुरामा निशुल्क स्वास्थ्य परिक्षण तथा आँखा शिविर आयोजना गरेको थियो ।
शिविरमा १ सय भन्दा बढी सेवा लिएको अध्यक्ष स्वाँरले कालपृष्ठ दैनिकलाई बताइन । भिजन आँखा अस्पताल नेपालगन्ज बाँकेका प्राविधिक सहयोगमा भएको आँखा शिविरमा लायन्स क्लब अफ नेपालगन्ज इन्नोभेटिभ, लियो क्लब अफ नेपालगन्ज इन्नोभेटिभले समन्वय गरेका थिए ।