नेपालगन्जको वडा बाडफाँडमा माओवादीको असन्तुष्टी
Saturday, April 23rd, 2022, 7:48 pm
Kalpristha
गठबन्धन गर्ने क्रममा नेपालगन्जमा आफुहरुले कम वडा पाएको भन्दै माओवादीको नगरकमिटिले असन्तुष्टी प्रकट गरेको हो । माओवादीलाई नेपालगन्जमा गठबन्धनमा ६ वटा वडा दिने बारेमा छलफल भएको थियो । तर माओवादीले मेयर र उपमेयर नपाएको अवस्थामा नेपालगन्जमा कम्तिमा १५ वडा पाउनु पर्ने दाबी गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० वैशाख
नेकपा माओवादी नेपालगन्ज उपमहानगर पालिका कमिटीले नेपालगन्जमा गठबन्धनका बारेमा असन्तुष्टी प्रकट गरेको छ । माओवादीको नेपालगन्ज उपमहानगर पालिका कमिटिका अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलन गर्दै माओवादीले स्थानीय निर्वाचनमा नेपालगन्जको २३ वटै वडा सहित मेयर र उपमेयरमा एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ ।
गठबन्धन गर्ने क्रममा नेपालगन्जमा आफुहरुले कम वडा पाएको भन्दै माओवादीको नगरकमिटिले असन्तुष्टी प्रकट गरेको हो । माओवादीलाई नेपालगन्जमा गठबन्धनमा ६ वटा वडा दिने बारेमा छलफल भएको थियो ।
तर माओवादीले मेयर र उपमेयर नपाएको अवस्थामा नेपालगन्जमा कम्तिमा १५ वडा पाउनु पर्ने दाबी गरेको छ । उपमहानगर पालिका अध्यक्ष शाहीले गठबन्धन दलमा रहेका कांग्रेस, जनता समाजवादी पार्टी । जसले मेयर उपमेयर पाएका छन । तिनै पार्टीले वडास्तरमा गठबन्धन नगरेर एक्ला एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने भनेपछि नेपालगन्ज नगरमा गठबन्धनको औचित्य समाप्त भएको छ । सहकार्य नभएको अवस्थामा हामी एक्लै चुनावमा प्रतिस्पर्धा गर्नको लागि तयार छौं । र त्यसको तयारी आजैबाट भएको छ ।’
अध्यक्ष शाहीले शनिबार रातीसम्म वडास्तर र मेयर, उपमेयरमा लडने उमेदवार छनोट गर्ने बताए । सत्तासाझेदार दलहरुबिचको गठबन्धनले नेपालगन्जमा मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेको छ ।
जसमा समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्धिन राईले नेपालगन्जको उपमेयरमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । कांग्रेसले भने आफनो मेयरको उमेदवार शनिबार रातीसम्म छनोट गर्ने बताएको छ ।