मनकामना क्लबले गर्यो कार्यक्रमको खर्च सार्वजनिक
Saturday, April 23rd, 2022, 9:11 pm
Kalpristha
बाँकेको खजुरामा रहेको मनकामना युवा क्लबले नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरेको कार्यक्रमको खर्च सार्वजनिक गरेको छ । क्लबले शनिबार कार्यक्रमको आयोजना गरेर खर्च एवम सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष डिवि भण्डारीले आय व्यय प्रस्तुत गर्दै ४० हजार रुपैयाँ कार्यक्रमबाट क्लबलाई बचत भएको बताए । उनले ७५ हजार रुपैयाँको रकम सहयोग प्राप्त भएकोमा कार्यक्रममा भएको खर्च घटाई ४० हजार बचत भएको बताए ।
क्लबका अध्यक्ष माधव शर्माले नयाँ वर्षमा आयोजना गरिएको कार्यक्रम सफल भएको बताए । उनले कार्यक्रम सफल बनाउन खजुरावासीको सहयोग रहेको बताए । उनले आगामी कार्यक्रमका बारेमा क्लबको योजना छिट्टै सावैजनिक गर्ने बताए ।
कार्यक्रममा सहयोग गर्ने ने.रा.मा.बि मनकामनापुर, दिपक ई.मि हाईस्कुल खजुरा एवम् महत्वपूर्ण भूमिका निर्वाह गर्ने कलाकारहरुलाई धन्यवादसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
चैत ३० गते क्लबले २०७८ को बिदाई तथा नयाँ वर्ष २०७९ को स्वागतका लागि शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।